Logo

नेपाल टेलिकमले ल्यायो शतप्रतिशत बोनसको सुविधा, जतीको रिचार्ज गर्याे त्यती बोनस पाईने

नेपाल टेलिकमले ल्यायो शतप्रतिशत बोनसको सुविधा, जतीको रिचार्ज गर्याे त्यती बोनस पाईने



काठमाडौं । नेपाल टेलिकमले आफ्ना ग्राहकहरुका लािग रिचार्जमा शतप्रतिशत बोनसको व्यवस्था गरेको छ । कोरोना भाइरस महामारी रोकथाम र नियन्त्रणको लागि नेपाल सरकारले मिति २०७६ चैत्र ११ देखि १८ सम्म पूर्ण लकडाउन घोषणा गरेको सन्दर्भमा नेपाल टेलिकमले मोबाइल सेवाकोे प्रयोगलाई थप सहज बनाउन उक्त व्यवस्था गरेको हो । सो व्यवस्था यही २०७६ चैत्र १३ गतेदेखि ७ दिनको लागि लागू हुनेछ ।

वोनसको व्यवस्था अनुसार नेपाल टेलिकमको जीएसएम तथा सीडीएमएको प्रिपेड तथा पोस्टपेड सेवामा रिचार्ज कार्ड वा एमपोसबाट रिचार्ज गर्दा रिचार्ज गरेको रकमको शतप्रतिशत बराबर बोनसको रूपमा प्राप्त हुनेछ । यसरी प्राप्त गरेको वोनस रकमबाट पे एज यु गो (प्याकेज बाहेकको दररेट) अन्तर्गत नेपाल टेलिकमको नम्बरमा कल गर्न, एसएमएस पठाउन तथा डाटा प्रयोग गर्न सकिने छ । तर उक्त बोनस रकमबाट ब्यालेन्स ट्रान्सफर गर्न वा प्याकेज खरिद गर्न वा गिफ्ट पठाउन भने नसकिने टेलिकमले जानकारी दिएको छ ।

रिचार्ज कार्ड प्रयोग गरी ५० र १०० रुपैयाँको रिचार्ज गर्दा प्राप्त हुने वोनस रकम २ दिन भित्र खपत गरिसक्नु पर्छ भने २०० र ५०० रुपैयाँको रिचार्जमा प्राप्त हुने वोनस रकम ४ दिनभित्र खपत गरिसक्नु पर्नेछ । त्यसैगरी १ हजार रुपैयाँको रिचार्जमा प्राप्त हुने वोनस रकम ६ दिनभित्र खपत गरिसक्नु पर्ने टेलिकमले जानकारी दिएको छ ।

यस्तै टेलिकमले एमपोस वा विद्युतीय रिचार्ज अन्तर्गत १० देखि ९९ रुपैयाँसम्मको रिचार्जमा प्राप्त हुने वोनस २ दिनभित्र खपत गरिसक्नु पर्नेछ । साथै १०० देखि ४९९ रुपैयाँसम्मको रिचार्जमा प्राप्त हुने वोनस ४ दिन भित्र खपत गरिसक्नु पर्नेछ । यसैगरी ५०० देखि ९९९ सम्मको रिचार्जमा प्राप्त हुने वोनस ८ दिनभित्र खपत गर्नुपर्ने हुन्छ भने १ हजार वा सो भन्दा माथिको रिचार्जमा प्राप्त हुने वोनस १० दिनभित्र खपत गरिसक्नु पर्नेछ ।
बिजखबर संवाददाता

प्रतिक्रिया दिनुहोस्
MBL