Logo

नेपाल टेलिकम र सडक बिभागबीच समझदारी, सडक मर्मत गर्दा बिछ्याईएको डक्टको रकम टेलिकमले भुक्तानी गर्ने

नेपाल टेलिकम र सडक बिभागबीच समझदारी, सडक मर्मत गर्दा बिछ्याईएको डक्टको रकम टेलिकमले भुक्तानी गर्ने



काठमाडौं । नेपाल टेलिकम र सडक बिभागबीच समझदारी भएको छ । टेलिकम र विभागबीच सडक र दूरसञ्चार पूर्वाधार निर्माणको क्रममा सहकार्य गरी अगाडी बढ्ने गरी समझदारी भएको हो । समझदारी पत्रमा विभागका महानिर्देशक केशव कुमार शर्मा र टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले हस्ताक्षर गरेका छन ।

laxmi

विभागले द्रुत गतिमा देशभर सडक निर्माण तथा विस्तारको कार्य अगाडि बढाइरहेको र नेपाल टेलिकमले सर्वसाधारण जनताको लागि अत्यावश्यक सञ्चार सेवा मुलुकको अति विकट स्थानसम्म पुर्याइरहको अवस्थामा टेलिकम र विभागबीच समझदारी भएको हो ।

नयाँ सडक निर्माण, सडक विस्तार तथा मर्मत सम्भार र सडक चौडा गर्ने तथा टेलिकमका पूर्वाधारहरु निर्माण तथा सुधारका क्रममा दुवै निकायबाट निर्मित पूर्वाधारका संरचनाहरुमा नोक्सानी हुनुका साथै निर्माण कार्यमा दोहोरो लगानी हुने भएकाले उक्त सहकार्य गर्नु परेको नेपाल टेलिकमले जानकारी दिएको छ ।

समझदारी अनुसार सडक विभागबाट सडक निर्माण तथा स्तरोन्नति गर्ने क्रममा नेपाल टेलिकमको अप्टिकल फाइबर नेटवर्क विस्तार गर्न आवश्यक डक्टहरु बिछ्याइने छ । यस्ता डक्ट बिछ्याउनका लागि आवश्यक पर्ने रकम सम्बन्धित आयोजनाको विस्तृत योजना र अनुमानित लागत अनुसार गरिने शिल कोटेशन वा बोलपत्र बमोजिम निक्र्र्यौैल भएको दररेट बमोजिम नेपाल टेलिकमले सडक विभागलाई भुक्तानी गर्नेछ ।

सडक निर्माण तथा स्तरोन्नति गर्ने क्रममा नेपाल टेलिकमको अप्टिकल फाइबर नेटवर्क विस्तार गर्न आवश्यक डक्टहरु बिछ्याउन सो समझदारी पत्र र विद्यमान कानुनको अधिनमा रही सडक विभागको सम्बन्धित सडक डिभिजन योजना कार्यालय र नेपाल टेलिकमको सम्बन्धित कार्यालयबीच विस्तृत सम्झौता गरी कार्यान्वयन गरिने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL