Logo

सेलपे सेवाद्धारा दोस्रो चरणको स्टल एक्टिभेसन सुरु, एपको प्रयोगबारे जानकारी दिने

सेलपे सेवाद्धारा दोस्रो चरणको स्टल एक्टिभेसन सुरु, एपको प्रयोगबारे जानकारी दिने



काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकमले दोस्रो चरणको स्टल एक्टिभेसन सुरु गरेको छ ।

laxmi

सो कार्यक्रम नक्साल भाट्भटेनिमा कात्तिक २९ र ३० गते, महाराजगञ्ज भाट्भटेनिमा मंसिर ६ र ७ गते र पाटन भाट्भटेनिमा मंसिर १३ र १४ गते हुने भएको छ । एक्टिभेसनको मुल उदेश्य ग्राहकहरुसँग अन्तरक्रिया बढाउन र सेलपे एप्पको प्रयोग र फाइदाहरुको विषयमा जानकारी गराउने छ ।

एक्टिभेसनको समयमा सेलपेले तत्काल केवाईसी प्रमाणिकरण सेवा प्रदान गर्नुका साथै पहिलो बैंक खाता लिंक भए पछि १ सयको फ्रि टपअप आफ्नो ग्राहकहरुलाई प्रदान गर्नेछ । सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने सुरक्षित सेवा हो । सेलपेका अन्य विशेषताहरु भने बिना वालेट कारोबार गर्न सकिने, बास्तविक समयमा भुक्तानि, सरल, सहज र सुरक्षित, न्युन सेवा शुल्कलगायतका रहेका छन ।

सेलपेद्धारा विभिन्न दुरसंचार सेवा, विजुली, खानेपानी, टिभी, ईण्टरनेटको महशुल भुक्तानी, विभिन्न पसल, रेष्टुरेण्टमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफरलगायतका कार्य गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL