Logo

विश्वका ठूला अर्बपतिले कोरोना महामारी रोक्न मुठ्ठी खोलेनन्, १० प्रतिशत अर्बपतिले मात्र दिए दान

विश्वका ठूला अर्बपतिले कोरोना महामारी रोक्न मुठ्ठी खोलेनन्, १० प्रतिशत अर्बपतिले मात्र दिए दान



काठमाडौं । विश्वभर पछिल्लो ६ महिनायता कोरोना भाईरस (कोभिड–१९) को महामारी व्याप्त छ । जसमा ५ लाख बढी मानिसले ज्यान गुमाइसकेका छन् र एक करोड बढी संक्रमणको चपेटामा परेका छन् । विश्वका २१० बढी देशमा प्रभाव पारेको कोरोना संक्रमण कहिले अन्त हुन्छ भनेर अहिले अनुमान पनि गर्न सकिएको छैन् ।

laxmi

यस्तो अवस्था विश्व नै अहिले कोरोनाका कारण त्रासमा छ । यो संक्रमण रोक्न अहिले विश्वव्यापी प्रयासहरु पनि भइरहेका छन् । जसका लागि खर्बौ डलर रकम खन्याइएको छ । तर, यो महामारी रोक्न अहिलेसम्म विश्वका ठूला भनिएका अर्बपतिहरुले मुठ्ठी खोलेका छैनन् । कोरोना रोकथाममा हालसम्म विश्वभरीका १० प्रतिशत अर्बपतिले मात्रै दान गरेका छन् । सन २०२० को ६ महिनासम्म ९० प्रतिशत अर्वपतिले अझै कोरोना कोषमा दान नगरेको पाईएको हो ।

सम्पत्ति अनुसन्धान कम्पनी वेल्थ एक्सको एक प्रतिवेदन अनुसार उक्त कुरा पत्ता लागेको हो । अमेरिकामा केही सामान्य अवस्थामा पनि च्यारिटेबल फण्ड निर्माण गर्ने चलन छ । अमेरिकाले कोरोना कोषमा ६ ट्रिलियनसम्म पुर्याउने अपेक्षा गरेको थियो । तर, हालसम्म यस्तो फण्डमा केही रुपमा मात्रै दान गरिएको छ ।

हालसम्म १० करोडमा १ करोडमात्रै कोरोना रिलिफ कोषमा दान जम्मा भएको प्रतिवेदनमा उल्लेख छ । वेल्थ एक्सले गरेको धनीहरुको संख्यालाई आधार मान्दा बिल गेट्स, ज्याकमा लगायतका अर्वपतिले भ्याक्सिन र पीपीई बनाउन ठूलो रकम खर्च गर्ने घोषणा गरेपनि कोरोना कोषमा भने दान गरेका छैनन् ।

तर, अर्वपति भन्दा पनि सामान्य मानिसहरुले उक्त कोषमा केही हदसम्म रकम जम्मा गरेको उक्त प्रतिवेदनमा उल्लेख छ । अमेरिकामा संक्रमितको संख्या तथा मृतकको संख्या पनि दिनप्रतिदिन बढ्दै गईरहेको छ । तर, अमेरिकामा ठूला अर्वपतिले दान गर्नेहरुको कमी भएपछि ‘डलर अप डोनर डाउन’ भन्ने आलोचनात्मक नारा अघि सारिएको छ ।

ट्विटरका सिईओ ज्याक डोर्सीले भने कोरोना कोषमा ठूलो रकम दान गरेका छन् । जो अन्य अर्वपतिभन्दा कम उमेरका छन् भने अन्य अर्वपतिको भन्दा आम्दानी पनि न्यून छ । तर, बर्षको अन्त्यसम्ममा ठूला अर्वपतिले पनि ठुलो रकम दान गर्ने अपेक्षा गरिएको छ । बिजनेस इन्साइडरबाट अनुवाद

प्रतिक्रिया दिनुहोस्
MBL