Logo

चीनियाँ राष्ट्रपतिले गरे अर्थव्यवस्था उकास्न ६ खर्ब डलर खर्च गर्ने घोषणा, अमेरिकाले गर्यो ‘थम्ब्स डाउन’

चीनियाँ राष्ट्रपतिले गरे अर्थव्यवस्था उकास्न ६ खर्ब डलर खर्च गर्ने घोषणा, अमेरिकाले गर्यो ‘थम्ब्स डाउन’



काठमाडौं । आजभन्दा १० बर्षपछि कुनैपनि अर्थशास्त्रीले अर्थशास्त्रको बारेमा विश्लेषण गर्न खोज्दा यो हप्ता भएको क्रियाकलापलाई विशेष जोडका साथ समावेश गर्नु जरुरी मानिने छ । यो हप्ता चिनियाँ राष्ट्रपति सी जिनपीङले कोरोना भाईरसले उथलपुथल पारेको अर्थतन्त्र उकास्नका लागि ४ ट्रिलियन युआन अर्थात ५ खर्ब ६५ अर्ब डलर बराबरको घोषणा गरेका छन् । तर, सन २००८ र २००९ मा पनि चीनले यति ठूलो रकमको प्याकेज घोषणा गरेको थियो ।

laxmi

यो पुराना विद्यार्थीका लागि भने त्यति नयाँ कुरो होईन । त्यसपश्चात चीनले स्टक मार्केटमा धमाका मच्चाएको थियो । साथै २००९ पछि चीनको आर्थिक वृद्धिदर पनि ८ दशमलव ७ प्रतिशतको हाराहारीमा हुन थाल्यो । ६ लेनका राजमार्गहरु बने, अग्लाअग्ला गगनचुम्बी भवनहरु बने, पुल, पोर्टलगायतमा उल्लेख्य प्रगति भयो ।

यो साता पनि चिनियाँ राष्ट्रपति कम्युनिष्ट पार्टीका अध्यक्ष तथा राष्ट्रपति सी जिनपिनले त्यस्तै खेल खेले । जसलाई अमेरिकाको वासिंटनस्थित सिनेटका बहुमत नेता मिच म्याकोकोनले ‘थम्ब्स डाउन’ अर्थात असन्तुष्टि जनाए । चिनियाँ राष्ट्रपति सीले नयाँ एयरपोर्ट, रेलमार्ग, विद्युत ग्रीडलगायतका लागि करिव करिव ६ खर्ब डलरको घोषणा गरेपछि म्याककोनेलले अहिलेको समय महामारीसँग जुध्नका लागि आवश्यक रहेको भन्दै चीनको आलोचना गर्दै यसमा गहिरो अध्ययन गर्ने बताएका छन् ।

चीनले आगामी सन २०२५ सम्मका लागि आर्टिफिसियल ईन्टेलिजेन्सलगायतमा ठुलो लगानी गर्नका लागि योजना बनाईसकेको छ । उसले विश्वमा आफ्नो अर्थतन्त्रलाई सबैभन्दा ठूलो बनाउन विभिन्न किसीमका तयारी गरिरहेको छ जसका कारण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आँच आओस ।

पछिल्लो समय अमेरिकि राष्ट्रपति ट्रम्पले भने आफ्नो अर्थतन्त्र उकास्नका लागि भन्दै कुनै छुट्टै व्यवस्था ल्याईसकेका छैनन । अमेरिकी राष्ट्रपतिले भने व्यापार युद्धको नाममा कहिले ट्यारिफ बढाउने त कहिले व्यापार रोक्नेबाहेक केही गर्न सकेका छैनन । फोब्सडटकमबाट अनुवादित

प्रतिक्रिया दिनुहोस्
MBL