Logo

ट्रम्पले सिफारिस गरेको कोरोनाको औषधि खाँदा अमेरिकामा मृत्यु, बढ्यो ट्रम्पको आलोचना

ट्रम्पले सिफारिस गरेको कोरोनाको औषधि खाँदा अमेरिकामा मृत्यु, बढ्यो ट्रम्पको आलोचना



काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस संक्रमितका लागि सिफारिस गरेको औषधि सेवनबाट विरामीको मृत्यु भएको छ ।

laxmi

ट्रम्पले कोरोना संक्रमित बिरामीका लागि सिफारिस गरेको औषधि सेवन गर्दा श्रीमानको मृत्यु भएको छ भने श्रीमती गम्भीर बिरामी परेको बीबीसीले जनाएको छ ।

बीबीका अनुसार ट्रम्पले कोरोनाका विरामीका लागि ‘क्लोरोक्वाइन’ नामक औषधि सेवन गर्न सिफारिस गरेका थिए । उक्त औषधि सेवन गर्दा अमेरिकाको एरिजोनाका दम्पती नै बिरामी परेका थिए ।

बिरामीमध्ये श्रीमानको उपचारका क्रममा ज्यान गएको र श्रीमतीको अवस्था गम्भीर रहेको छ । ‘औषधि सेवनको छोटो समयमा नै दम्पती बिरामी परेका थिए,’ एरिजोनमा रहको सिस्टम ब्यानर अस्पतालले भनेको छ ।

क्लोरोक्वाइन माछा राख्ने ट्यांकी सफा गर्ने औषधि हो । तर, ट्रम्पले आफ्ना सार्वजनिक अभिव्यक्तिहरूमा पटकपटक क्लोरोक्वाइनलाई कोरोना भाइरस निको पार्ने औषधि भएको बताएका थिए ।

औषधि सेवनबाट विरामी भएकी महिलाले एनबीसी न्युजसँग क्लोरोक्वाइनको सम्भाव्य फाइदाबारे ट्रम्पको टेलिभिजन सम्बोधनमार्फत थाहा पाएको र त्यहीअनुरूप सेवन गरेको बताएकी छन् ।

साथै उनले कोरोनाको संक्रमण नभए पनि त्यसको सम्भावित जोखिमबाट जोगिन क्लोरोक्वाइन सेवन गरेको उनको भनाइ छ ।

कोरोनाका बिरामीका लागि उक्त औषधिले काम गर्छ वा गर्दैन भनेर कुनै ठोस अनुसन्धान भएको छैन ।

अनुसन्धान नै नभएको औषधिबारे गलत सन्देश प्रवाह गरेको भन्दै घटनापछि ट्रम्पको चर्को आलोचना भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL