Logo

कोकाकोला विश्वकै धेरै प्लास्टिक फोहोर उत्सर्जन गर्ने ब्राण्ड, यसरी हुँदैछ नियन्त्रणको प्रयास

कोकाकोला विश्वकै धेरै प्लास्टिक फोहोर उत्सर्जन गर्ने ब्राण्ड, यसरी हुँदैछ नियन्त्रणको प्रयास



काठमाडौं । कोकाकोला दोस्रो बर्ष पनि विश्वकै प्लास्टिक प्रदुषण बढाउने ब्राण्डको अग्र पंक्तिमा परेको छ । विश्वमा फैलने प्लास्टिक प्रदुषणको विश्व अडिट गर्ने संस्थाले कोकाकोला ब्राण्डलाई यसबर्ष पनि प्रदुषण गराउने ब्राण्डमा राखेको छ । विशाल सोडा कम्पनी कोकाकोला अन्य प्रदुषण गर्ने ३ भन्दा बढी प्लास्टिक प्रदुषण उत्सर्जन गर्ने ब्राण्डमा परेको हो ।

laxmi

गत सेप्टेम्बरको १ दिन विश्व अडिट गर्ने बेला विश्वभर ७२ हजार भन्दा बढी स्वयंसेवकले बाटो, समुन्द्र, समुन्द्रको किनार, अफिस, घर लगायतका स्थानमा प्लास्टिकका बोतल, कप, कभर, झोला लगायतका बस्तुहरु उठाएका थिए ।

उनीहरुले उठाएको फोहोरमा विभिन्न ८ हजार ब्राण्डका ५० प्रकारका प्लास्टिकहरु फेला पारिएको थियो । तसर्थ ४ महादेशका विभिन्न ३७ देशमा कोकाकोलाको मात्रै ११ हजार ७ सय ३२ टुक्रा प्लास्टिकका फोहोर पाईएका थिए ।

कोकाकोलापछि विश्वमा धेरै प्लास्टिक प्रदुषण बढाउने ब्राण्डमा नेस्ले र पेप्सीको परेका छन । त्यसपछि क्रमशः स्न्याक ब्राण्डहरु जस्तै ओरियो, रीज, नेबिस्को, नटर बटर र युनिलिभरको पनि प्रदुषण गर्नमा उत्तिकै योगदान रहेको पाईएको हो । यस्तै आधा भन्दा बढी प्लास्टिक भने कसले बनाएको हो भन्ने पनि थाहा थिएन ।

कोकको प्लास्टिकको प्रमुख स्रोत अफ्रिका र युरोपमा भएको अध्ययनले देखाएको छ । यस्तै क्रमशः यसको स्रोत एशिया र दक्षिण अमेरिका रहेका छन । उत्तर अमेरिकामा भने सबैभन्दा बढी नेस्लेको प्लास्टिक पाईएको छ । त्यसपछि सोलो कप लगायतका कम्पनीका प्लास्टिकहरु उत्तिकै मात्रामा यहाँ पाईएका हुन उत्तर अमेरिकामा कोकका प्लास्टिक भने धेरै हुने प्लास्टिक फोहोरको पाँचौ स्थानमा परेको छ ।

कोकाकोलाले आफ्नो प्लास्टिकको फोहोरको अन्त्य महासागरमा हुने भएकाले यसको नियन्त्रणका लागि काम गरिरहेको बताएको छ । यसको हल खोजिरहेको उसको भनाई छ । कोकले आफ्ना फोहोर बोतलहरु नियन्त्रण गर्नका लागि विश्वका हरेक शहरमा लगानी गर्न लागेको समेत जानकारी दिएको छ । जसको सुरुवात भियतनामबाट गर्ने कोकले जानकारी दिएको छ ।

यस्तै फोहोर रिकभरी गर्नका लागि कम्पनीले फिलिपीन्समा १९ मिलियन डलर लगानी गरेको समेत बताएको छ । जसको माध्यमद्वारा साना, फालिएका फोहोर बोतल र अन्य फोहोहरु पुनः प्रयोग गर्ने गरी रिकभर गर्न सकिने छ । कोकाकोला पछिल्लो २ बर्षमा लगातार शहर र गाउँका विभिन्न स्थानहरु आफ्ना प्लास्टिकमार्फत प्रदुषित गर्ने शहरमा परेको छ/एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्
MBL