Logo

यी हुन् विश्वका हाई स्पिड रेलसेवा, प्रतिघण्टा २०० देखि ३१७ किलोमिटर गति

यी हुन् विश्वका हाई स्पिड रेलसेवा, प्रतिघण्टा २०० देखि ३१७ किलोमिटर गति



काठमाडौं । प्रत्येक दिन चीनको जी १७ र जी ३९ रेल बेईजीङबाट नान्जीङतर्फ ३ सय ५० किलोमिटर प्रतिघण्टाको गतिमा छुट्ने गर्दछन । तर रेलमा चढेका यात्रुलाई थाहा हुँदैन की उनीहरु विश्वकै द्रुत रेल सेवा प्रयोग गरिरहेका छन

हालै वर्ल्र्ड स्पिड सर्भे जर्नलले गरेको विश्वका विभिन्न रेलको अनुमानित गति १ सय ६० किलोमिटर प्रतिघण्टाको छ । उक्त जर्नलले गएको मे र जुन महिनाको सोमबारदेखि शुक्रबारसम्म चल्ने रेलमा उक्त अध्ययन गरेको थियो ।

हालसम्म विश्वकै तिव्र मानिएको बेईजिङदेखि नान्जीङ सम्मको रेलसेवाले प्रतिघण्टा ३ सय १७ दशमलव ७ किलोमिटर प्रतिघण्टाको गती लिन्छ । उक्त रेलले चीनको राजधानी बेईजिङदेखि नान्जीङसम्म १ हजार २१ किलोमिटर दुरी ३ घण्टा १३ मिनेटमा पुरा गर्दछ ।

तर चीनले तिव्र रेलसेवा दिनका लागि नयाँ खोज भने जारी राखेको छ । कतिपय रेलसेवाहरु ३ सय किमि प्रतिघण्टाको बाचा राखेर स्थगित समेत भएका छन । यस्तै चीनकै दोस्रो तिव्र रेलसेवा पनि बेईजिङ नान्जीङ रेलसेवा जत्तिकै तिव्र छ ।

यस्तै विश्वकै दोस्रो तिव्र गतिको स्थान ओगटेको रेलसेवा ईटालीको रेलसेवा हो । यसभन्दा अघि उक्त स्थान फ्रान्सले ओगटेको थियो । विश्वकै दोस्रो स्थानमा परेको ईटालीको रेलसेवा फ्रान्सको रेलसेवाभन्दा प्रतिघण्टा आधा किलोमिटर छिटो छ ।

तर पनि फ्रान्सको रेलसेवा हाल प्रतिघण्टा २ सय ७१ दशमलव ८ किलोमिटर प्रतिघण्टाको गतिका साथ तेस्रो स्थानमा रहेको छ । जुन ईटालीको ल्योन र एक्स एन प्रान्तबीचको रेलसेवाभन्दा जम्मा ० दशमलव ५ किलोमिटर मात्रै ढिलो छ ।

यस्तै जापान, स्पेन र ताईवानको रेलसेवामा भने कुनै किसिमको गती वृद्धि हुने अपेक्षा गर्न सकिँदैन । ती देशहरुले बनाएको भौतिक पुर्वाधारले धान्ने गतिका ईन्जिन मात्रै रेलसेवामा प्रयोग गरिएका छन । यी देशहरुको रेलसेवाको औषत गति जम्मा २ सय ५० किलोमिटर प्रतिघण्टा रहेको छ । यो गति बढ्न सक्ने अनुमान पनि पछिल्लो समय गर्न नसकिने अवस्था छ ।

यस्तै जर्मनीका भित्रि शहरहरुमा चल्ने रेलसेवा भने अन्य नयाँ देशको तुलनामा तिव्र छ । हाल जर्मनीले पूर्व स्टटगाटमा प्रतिघण्टा ३ सय किलोमिटर प्रतिघण्टाको गति रहेको रेलसेवा २०२२ सम्म विस्तार गर्नका लागि लगानी गरिरहेको छ ।

मोरक्कोको केनीट्रादेखि टान्जीर सम्मको टीजीभी लाईन २०१८ को अन्त्यमा खुला गरिएको थियो । अफ्रिकाकै पहिलो उच्च गतिको रेलसेवा मानिएको उक्त रेलसेवा विश्वकै आठौ तिव्र रेलसेवामा परेको छ । यसको गति भने २ सय ३२ दशमलव ७ किलोमिटर प्रतिघण्टा रहेको छ ।

यस्तै साउदी अरेबीयाले पनि ऐतिहाँसिक शहर मक्का र मदिना देखि व्यापारिक केन्द्र जेड्डाह जोड्नलाई उच्च गतिको रेलसेवा सुरु गरेको छ । उक्त रेलसेवा प्रतिघण्टा ३ सय किलोमिटर प्रतिघण्टाको गतिमा भएपनि हाल सुरुवाती चरणमा भने प्रतिघण्टा १ सय ७४ दशमलव ६ किलोमिटर प्रतिघण्टाको गति तय गर्ने गरेको छ । एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्
MBL