Logo

जहाज ग्राउण्डेडसँगै सौर्यका कर्मचारी २ महिना देखी तलब विहिन, जहाज नउड्ने लगभग पक्का

जहाज ग्राउण्डेडसँगै सौर्यका कर्मचारी २ महिना देखी तलब विहिन, जहाज नउड्ने लगभग पक्का


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । झण्डै २ महिना देखी सौर्य एयरको जहाज ग्राउण्डेड छ । जहाज ग्राउण्डेड भए पछि एयरका कर्मचारीहरु तलब विहिन भएका छन ।

‘करिब २ महिना देखी तलब भत्ता पाएको छैन तै पनि कार्यालय आउन भने छाडेको छैन कम्पनीका एक कर्मचारीले भने’ । ति कर्मचारीका अनुसार जहाजलाई फेब्रुअरि १० बाट संचालनमा ल्याउने कुरा भए पनि अहिले सम्म कुनै अत्तो पत्तो छैन ।

एयरका संचालकहरुले फेब्रुअरि १० बाट संचालनमा ल्याउने बताएको थियो तर पूर्व तयारीका लागि आवश्यक विषयको टुङ्गो लगाउन गत मंगलबार बैठक बोलाएको थियो तर संचालकहरु कोही पनि उपस्थित भएन ति कर्मचारीले भने ।

बिहीबारको बैठकमा पनि जहाज उड्ने या नउड्ने टुङ्गो भने लाग्न सकेन ति कर्मचारीले भने । जहाज उडाउन नसके पछि कर्मचारीहरु तलब विहिन हुन पुगेका हुन । तर संचालकले भने जहाज नउडे पनि तलब भने रोक्का नगर्ने जानकारी दिएको छ । कम्पनीका ति कर्मचारीका अनुसार तलब त दिन्छु भनेको छ तर कहिले दिन्छ थाहा छैन ।

२ ओटा जहाज भए पनि कम्पनिले एक मात्रै जहाजबाट आन्तरिक उडान गरिरहेका थिए । कम्पनीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थललाई सेवा शुल्क, पार्किङ लगायतका करिब ४ करोड रुपैयाँ बक्यौता रकम बुझाउन नसक्दा विमानस्थलले २ महिना अगाडी देखी उक्त जहाज पनि ग्राउण्डेड गरेको हो ।

कम्पनीले उक्त जहाज संचालनमा ल्याउन नयाँ लगानीकर्ता घनश्याम अधिकारी समुहलाई भित्र्याएको थियो तर उक्त समुहले पनि संचालनमा ल्याउन नसके पछि थप लगानीकर्ता भित्र्याएको कम्पनीले जानकारी दिएको थियो ।

३ ओटा समुह मिलेर पनि जहाज संचालनमा ल्याउन नसके पछि जहाजनै संचालनमा ल्याउने कि नल्याउने भनेर छलफल भईरहेको कम्पनीले जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL