Logo

के इन्टरनेटको भाउ फेरि बढ्दैछ ?, विद्युत प्राधिकरणले बढायो पोल र प्रसारण लाईनको भाडा

के इन्टरनेटको भाउ फेरि बढ्दैछ ?, विद्युत प्राधिकरणले बढायो पोल र प्रसारण लाईनको भाडा



काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आफ्नो संरचना प्रयोग गरिरहेका दूरसञ्चार सेवा प्रदायकहरुबाट लिने भाडा वृद्धि गरेको छ । प्राधिकरणले एक सुचना जारी गर्दै आफ्नो प्रसारण लाइन तथा पोल मार्फत फाईबर सञ्जाल विस्तार गरिरहेका सेवा प्रदायकको हकमा भाडा बढाउने निर्णय सार्वजनिक गरेको हो ।

प्राधिकरणका अनुसार अबदेखि ३३ केभीएस प्रसारण लाईनमा एडीएसएल फाईबर ताने बापत संरचनाको भाडा दर प्रति कोर प्रति महिना प्रति किलोमिटर तीन सय रुपैयाँ कायम भएको छ । यसअघि प्राधिकरणले प्रति कोर एकमुष्ठ वर्षमा एक लाख २८ हजार रुपैयाँ भाडा दर निर्धारण गरेको थियो ।

प्राधिकरणले २५ प्रतिशत अथवा ६ मध्य जुन बढी हुन्छ सो कोर निःशूल्क उपलब्ध गराउनुपर्ने समेत जनाएको छ । त्यस्तै ६६ केभीएभन्दा माथिको प्रसारण लाईनबाट फाइबर तान्न नपाइने समेत निर्णय गरेको छ । प्राधिरकणको यो निर्णयसँगै नेपाल टेलिकमले उपलब्ध गराउँदै एडीएसएल संरचना विस्तार अब थप महंगो हुने भएको छ ।

३३ केभीए प्रसारण लाईन तथा मुनिका पोलहरुमा एडीएसएल तथा साधारण फाईबर ताने बापत २४ कोरसम्म प्रति फाईबर प्रति महिना प्रति किलोमिटर एक हजार दुई सय रुपैयाँ सेवा प्रदायकले भाडादर बापत प्राधिकरणलाई तिर्नुपर्नेछ । त्यस्तै २५ देखि ४८ कोरसम्म प्रति फाईबर प्रति महिना प्रति किलोमिटर एक हजार ९ सय रुपैयाँ कायम भएको छ । ४८ कोरभन्दा माथि प्रति फाइबर प्रति महिना प्रति किलोमिटर दुई हजार सात सय रुपैयाँ कायम छ ।

प्राधिकरणले तोकेको यस्तो भाडादर अनुसार निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकले प्राधिकरणलाई बुझाउनुपर्ने शुल्क बढ्नेछ । आइएसपीहरुले यस्तो अवस्थामा ईन्टरनेटको मुल्य वृद्धि गर्न सक्ने सम्भावना बढी छ ।

प्राधिकरणका आफ्ना फाइबर कोरको भाडादर पनि बढेको छ । त्यस्ता फाइबर कोर भाडामा लिनु परेमा ३३ केभीएसम्मको प्रसारण लाईनमा भएको फाइबरमा प्रति कोर प्रति महिना प्रति किलोमिटर दुई हजार पाँच रुपैयाँ तिर्नुपर्नेछ । ६६ केभीएको हकमा ६ हजार रुपैयाँ कायम छ ।

प्राधिकरणको पोलमा वितरण बक्स राख्नुपरेमा सेवा प्रदायकले प्रति बक्स प्रति महिना ५० रुपैयाँ तिर्नुपर्नेछ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL