Logo

महासंघ अध्यक्ष राणाले चीनबाट भित्र्याईन पौन ५ अर्ब, चार क्षेत्रमा लगानी गरिने

महासंघ अध्यक्ष राणाले चीनबाट भित्र्याईन पौन ५ अर्ब, चार क्षेत्रमा लगानी गरिने



काठमाडौं । नेपालस्थित फर्चुना इन्भेष्टमेन्ट प्राली र चीनको ग्वीझाउ मेरिटाइन्म्स सिल्करोड इन्टरनेशनल इन्भेष्टमेन्ट कर्पोरेशनबीच लगानी समझदारी भएको छ । प्रधान केपी शर्मा ओलीको चीन भ्रमणदलमा रहेका नेपाल उद्योग बाणिज्य महासंघ अध्यक्ष भवानी राणाले चीनको इन्भेष्टमेन्ट कम्पनी ग्वीझाउमार्फत नेपालमा लगानी भित्र्याउन उक्त समझदारी गरेकी हुन् ।

सझौताअनुसार राणाको कम्पनी फर्चुनाले चीनको ग्वीझाउबाट ४६ मिलियन डलर अर्थात करिब पौन ५ अर्ब रुपैयाँ नेपालमा वैदेशिक लगानी भित्र्याउनेछ । उक्त सम्झौतामा फर्चुनाका अध्यक्ष राणा र चिनियाँ कम्पनी ग्वीझाउका प्रमुख कार्यकारी अधिकृत (सीईओ) झाङ झाउले हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौता अनुसार सो लगानी नेपालको कृषि, पर्यटन, पूर्वाधार र वैदेशिक व्यापारमा गरिने फर्चुना इन्भेष्टमेन्ट प्रालिका निर्देशक प्रवलजंग पाण्डेले जानकारी दिए । विशेषगरी उच्च पहाडी भुभागमा कृषिजन्य बस्तुको उपलब्ध, आधुनिकरण एवं यान्त्रिकरण गरी कृषिजन्य बस्तुको उच्पादन र प्रसेसिङ गरी गुणस्तरीय कृषिजन्य बस्तुको चीन निकासीमा सो लगानी भित्र्याईने भएको छ ।

यसैगरी पूर्वाधार अन्तरगत ट्रान्समिसनलाईन विस्तार, सोलार पावर, स्मार्टसिटी र हाइवे क्षेत्रको विकास र विस्तारमाजस्ता क्षेत्रमा लगानी गरिनेछ । सम्झौता अनुरुप पर्यटन क्षेत्रको विकास र विस्तारसँगै होटल तथा रिसोर्ट संचालनका लागि पनि सो लगानी प्रयोगमा ल्याइने पाण्डेले जानकारी दिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL