Logo

सरकारको कर प्रणाली विरुद्ध आन्दोलनमा उत्रिए सेयर लगानीकर्ता, आजैबाट कारोबार बन्द !

सरकारको कर प्रणाली विरुद्ध आन्दोलनमा उत्रिए सेयर लगानीकर्ता, आजैबाट कारोबार बन्द !



काठमाडौं । सरकारले सेयरमा अब्यवहारिक रुपमा कर लगााएको भन्दै लगानीकर्ताहरुले कारोबार नै बन्द गरेका छन् । आन्तरिक राजस्व विभागले आईतबार एक सुचना प्रकाशित गर्दै हकप्रद र बोनस सेयरमा औषत आधार मूल्य परिवर्तन गर्दै लाभ कर लगाउने निर्णय गरेपछि लगानीकर्ताहरु कारोबार नै ठप्प पार्दै आन्दोलना उत्रिएका हुन् ।

आन्दोलित लगानीकर्ताले आज नेपाल स्टक एक्स्चेञ्ज घेराउ गर्दै सरकारको निर्णय नसच्चिएसम्म सेयर कारोबार नगर्ने घोषणा गरेका छन् । आन्दोलन कार्यक्रममा बोल्दै नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेलले सरकारले अनावश्यक र अब्यवहारिक कर लागू गर्दै सेयर बजार सिध्यानउने काम गरेको आरोप लगाए । ‘अहिले सरकारले चुरोट र रक्सीमा भन्दा बढि कर सेयरमा बढाएको छ,’ उनले भने, ‘यो सरकारको सेयर बजार माथीको निर्मम प्रहार हो ।’

सरकारले सेयर लगानीकर्ताको मर्म र भावना विपरित अनावश्यक नीति नियम बनाउँदै कर लगाएको समेत उनको तर्क थियो । ‘हामी लगानीकर्ताहरु सरकारलाई साथ दिँदै विकास र सम्बृद्धिको पथमा अघि बढिरहेका छौं,’ उनले भने, ‘तर, अहिले सरकारले जुन किसिमको करको भार थुपारेको छ त्यसलाई तत्काल फिर्ता लिन आग्रह गर्दछौं ।’

यदि आफुहरुले बोनस र हकप्रद पाउँदा सोभन्दा पनि बढि मूल्यमा सेय खरिदबिक्री भएमा त्यसको लाभ कर तिर्ने बताउँदै घाटामा गएको सेयरको लाभकर तिर्न नसकिने उनको तर्क थियो ।

आज कुनै पनि सेयर कारोबार नगर्ने घोषणा गरेका लगानीकर्ताले सवा ११ बजेसम्म मेगा बैंकको सेयर कारोबार गरेका छन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL