Logo

स्वदेशी उद्योगलाई असर पर्ने सामान आयातमा प्रतिबन्ध, सिमेन्टलाई निर्यातमूलक उद्योगमा रुपान्तरण

स्वदेशी उद्योगलाई असर पर्ने सामान आयातमा प्रतिबन्ध, सिमेन्टलाई निर्यातमूलक उद्योगमा रुपान्तरण



काठमाडौं । सरकारले नेपाली उद्योगलाई असर पर्ने सेवा तथा बस्तु आयातमा रोक लगाउने भएको छ । सरकारले स्वदेशी उद्योग संरक्षण तथा देशमै उत्पादन बृद्धि गर्ने लक्ष्य अनुरुप त्यस्ता बस्तुको पहिचान गरी आयातमा प्रतिबन्ध लगाउने भएको हो ।

साथै सरकारले देशको आर्थिक बृद्धिलाई उच्च बनाउने उद्देश्य अनुरुप आन्तरिक उत्पादनलाई बढवा दिन लागेको हो । सोका लागि आयातलाई निरुत्साहित गर्दै स्वदेशी उद्योगलाई असर पर्ने बस्तु तथा सामान आयातमा रोक लगाउने निर्णय गरेको हो ।

सरकारले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै देशमा आत्मनिर्भरतातर्फ उन्मुख उद्योगहरुलाई थप प्रोत्साहन गर्दै त्यस्ता सामानहरु आयातमा प्रतिबन्ध लगाउने उद्घोष गरेको हो । यसैगरी सरकारले औषधिलाई आत्मनिर्भर बनाउन सोही अनुरुप नीति नियम बनाउने भएको छ भने छाला जुत्तालाई बढवा दिन सोका लागि छुट्टै छाला जुत्ता उत्पादन क्षेत्रको स्थापना गरिने भएको छ ।

यसैगरी सरकारले सिमेन्टलाई निर्यात गर्न सोही अनुरुपको कार्यक्रम ल्याउने भएको छ । हाल देशमा सिमेन्ट आयात भइरहेको अवस्थामा अबका दिनमा ठूला सिमेन्ट उद्योग स्थापना गर्दै सिमेन्ट उद्योगलाई निर्यातमुलक उद्योगको रुपमा विकास गर्ने भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL