Logo

अनलाईन पेमेन्टको सिमा २५ हजारमा सिमित गर्दै राष्ट्र बैंक, फेसबुकमार्फत गरिने ‘क्यापेनिङ’लाई पनि नियमन गरिने

अनलाईन पेमेन्टको सिमा २५ हजारमा सिमित गर्दै राष्ट्र बैंक, फेसबुकमार्फत गरिने ‘क्यापेनिङ’लाई पनि नियमन गरिने


रामराजा श्रेष्ठ
0
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले अनलाईन गेटवेमार्फत गरिने भुक्तानीको सिमा तोक्ने भएको छ । अनलाईन गेटवेमार्फत ठूलो रकम भुक्तानी गर्दा कालोधनले प्रसय पाउने हुँदा त्यसलाई निरुत्साहित गर्न सिमा तोक्न लागिएको नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले जानकारी दिए ।

उनका अनुसार सिमा तोक्ने विषयमा छलफल भइरहेको र आगामी हप्ताभित्रै निर्धाण गरिने भएको छ । ‘हामीले एक पटकमा कति रकमसम्म ट्रान्सफर गर्न मिल्ने भन्ने विषयमा अन्य मुलुकमा भएको प्रावधानको पनि अध्ययन गरिरहेका छौं,’ उनले भने, ‘सम्भवत नेपालमा अनलाईन भुक्तानीको सिमा २५ हजार रुपैयाँमा सिमित गरिनेछ ।’

नेपाल राष्ट्र बैंकले केही समय अघिमात्र आईएमई पे, प्रभु टेक्नोलोजी र इ–सेवालाई अनलाईन पेमेन्टको लाइसेन्स दिएको थियो । ती कम्पनीलाई भुक्तानी तथा फछ्र्यौट विनियमावली २०७२ को विनियम १९ ले दिएको अधिकार प्रयोग गरी राष्ट्र बैंकबाट जारी शर्त तथा निर्देशनको अधीनमा रही दुरसञ्चार सञ्जालको माध्यमबाट ग्राहक र सेवाप्रदायकको बीचमा मध्यस्तता गरी भुक्तानी गरिदिने र स्वदेशमा गरिने मनि ट्रान्स्फरजस्ता कार्य गर्न अनुमिति दिएको थियो ।

हाल इसेवालगायत अन्य अनलाईन पेमेन्ट गेवेबाट ठूलो रकम भुक्तानी तथा फस्र्यौट भइरहेको हुँदा त्यसलाई निरुत्साहित गर्न सिमा तोक्न लागिएको राष्ट्र बैंकले जानकारी दिएको छ । ‘हामीले जनताको दैनिक जसो भैपरिआउने कामलाई सहजता प्रदान गर्न अनलाईन पेमेन्ट गेटवे संचालन कम्पनीको लाईसेन्स दिएका हौं,’ उनले भने, ‘जसका लागि एक पटकमा थोरै रकम भए पुग्ने भएकाले सोही अनुसार सिमा तोक्ने लागेका हौं ।’ अनलाईन पेमेन्टमार्फत, मोबाइल फोन रिचार्ज, विद्युत महशुल, स्कुलको फिलगायत जनतालाई सुविधा हुने खालका भुक्तानी तिर्न संचालनमा ल्याइएको र त्यस्ता कार्यका लागि लाखौंको रकम आवश्यक नपर्ने समेत शिवाकोटीले जानकारी दिए ।

फेसबुकमा डलर तिरेर गरिने क्यापेनिङ पनि नियमन गर्दै

नेपाल राष्ट्र बैंकले फेसबुकमार्फत डरलकार्डमा गरिने विभिन्न खालका प्रमोशनल क्यापेनिङलाई पनि नियम गर्ने भएको छ । प्रमोशनल क्याम्पेनिङका नाममा राज्यबाट ठूलो मात्रामा विदेशी मुद्रा बाहिरिएपछि राष्ट्र बैंकले त्यसलाई नियमन गर्ने तयारी गरेको हो ।

हाल सो विषयमा राष्ट्र बैंकले विज्ञ टीमसँग छलफल गरिरहेको र केही समयभित्रै सर्कुलर जारी गरिने डेपुटी गभर्नर शिवकोटीले जानकारी दिए । अहिले विभिन्न खालका क्याम्पेनिङमा ठूलो मात्रामा विदेशी मुद्रा अपचलन भइरहेको र त्यसलाई निरुत्साहित गर्न नियमन गर्ने तयारी गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारहरुले फेसबुकमार्फत आफ्नो प्रचारप्रसारलाई तिव्रता दिएका छन् । सो निर्वाचनमा होमिएका ४ हजार ४ सय उम्मेदवारमध्ये प्राःयजसो उम्मेदवारले चुनावी प्रचारप्रसारको मुख्य हतियारको रुपमा फेसबुकलाई प्रयोग गर्दै आएका छन् । यसरी गरिने क्यापेनिङमा प्रतिव्यक्ति ५० हजारदेखि १ लाख रुपैयाँ मात्र खर्च गर्दा पनि ३३ करोड रुपैयाँभन्दा बढी रकम गैरकानुनी च्यानलबाट बाहिरिने छ । यसरी बाहिरिने रकमलाई हालसम्म सरकारी निकायबाट नियमन हुन नसकेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

चुनाव प्रचारले फेसबुक मार्फत करोडौ रकम बाहिरिदै

चुनाव प्रचारलाई फेसबुकको साहारा, चर्चित उम्मेदवार नै सबैभन्दा अगाडी

 

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL