Logo

जलविद्युतमा चिनियाँ आकर्षकण बढ्दो, बोर्ड भन्छ, ‘हामीसँग ठूला आयोजना नै छैन’

जलविद्युतमा चिनियाँ आकर्षकण बढ्दो, बोर्ड भन्छ, ‘हामीसँग ठूला आयोजना नै छैन’


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपालको जलविद्युत क्षेत्रमा चिनियाँ आकर्षण बढेको छ । पछिल्लो समय लगानी बोर्डमा आउने चिनियाँ डेलिगेट्सहरुले विशेषगरी जलविद्युत क्षेत्रमा लगानी गर्न चासो देखाएको लगानी बोर्डका प्रमुख कार्यकारी अघिकृत महाप्रसाद अधिकारीले बताए ।

अधिकारीका अनुसार जलविद्युत क्षेत्रमा लगानी गर्न बोर्डमा दैनिकजसो चिनियाँ लगानीकर्ताहरु छलफलका लागि आउने गरेका छन् । उनीहरुको पहिलो प्राथमिकता जलविद्युत र दोस्रोमा पूर्वाधार निर्माण रहेको छ । ‘नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न चिनियाँ लगानीकर्ताहरु प्रस्ताव लिएर छलफल गर्न आउँछन्,’ उनले भने, ‘तर, बोर्डसँग लगानीकर्ताहरुले माग गरेजस्तो ठूला आयोजना नै छैन ।’

लगानी बोर्डमार्फत ५ सय मेगावाटभन्दा माथी क्षमता भएका जलविद्युत आयोजना निर्माणको अनुमति दिन मिल्दछ । तर, तत्कालका लागि सो क्षमताभन्दा माथीका आयोजना नै नभएको बार्डको तर्क छ । ‘अहिले चिनियाँ लगानीकर्ताहरु ठूला जलविद्युत आयोजनामा लगानी गर्न अकर्षित भएका छन्,’ उनले भने, ‘तर, बोर्डसँग ठूला क्षमताको आयोजना नहुँदा उनीहरुको लगानी भित्र्याउन सकिएको छैन ।’

पछिल्लो समय उद्योग विभागको दर्ता भएका उद्योगहरुमा पनि चिनियाँ लगानीका जलविद्युत आयोजना नै बढी रहेको छ । विभागको तथ्याङ्क अनुसार चिनियाँको पहिलो रोजाईमा होटल तथा रेष्टुराँ रहेको र दोस्रोमा जलविद्युत क्षेत्र नै रहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL