Logo

प्रतिनिधि र प्रदेश सभाको निर्वाचनको पहिलो चरणको उम्मेदवारी दर्ता आज

प्रतिनिधि र प्रदेश सभाको निर्वाचनको पहिलो चरणको उम्मेदवारी दर्ता आज


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि आइतबार उम्मेदवारी दर्ता हुँदैछ ।

जसअनुसार पहिलो चरणमा ३२ जिल्लामा मनोनयन दर्ता हुने छ । ३२ जिल्लामा प्रतिनिधि सभा सदस्यतर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेश सभातर्फ ७४ वटा निर्वाचन क्षेत्रमा हुने निर्वाचनका लागि मनोनयन दर्ताको कार्यक्रम रहेको हो । मनोनयन दर्ताका लागि बिहान १० देखि अपराहृन ५ बजेम्म समय तोकिएको निर्वाचन आयोगले जानकारी दिएको छ ।

उम्मेदवारी दिन सम्बन्धित जिल्ला सदरमुकामको मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा मनोनयनपत्र दर्ता गराउनु पर्नेछ ।

त्यस्तै प्रतिनिधि सभातर्फ पहिलो हुने निर्वाचन हुने प्रणालीतर्फ मनोनयन दर्ता गर्दा वा गराउँदा एक जनाले प्रस्ताव र अर्को एक जनाको समर्थन र सहीछाप हुनुपर्ने छ ।

प्रस्तावक र समर्थक सोही निर्वाचन क्षेत्रअन्तर्गतको गाउँपालिका वा नगरपालिकाको वडा सदस्यको मतदाता नामावलीमा नाम समावेश भएको निस्सा समेत मनोनयन पत्रमा संलग्न गराउन पर्ने कानुनी व्यवस्था छ ।

समानुपातिक निर्वाचन प्रणालीको बन्दसूचीमा नाम समावेश भएकाले प्रत्यक्ष तर्फको निर्वाचनमा उम्मेदवारी दिन नपाउने का प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL