Logo

आयल निगमको कार्यकारी निर्देशकको जिम्मेवारी उपसचिव आचार्यलाई

आयल निगमको कार्यकारी निर्देशकको जिम्मेवारी उपसचिव आचार्यलाई


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सरकारले उपसचिव प्रेमप्रसादआचार्यलाई नेपाल आयल निगमको कार्यकारी निर्देशक नियुक्त गरेको छ ।

आपूर्ति मन्त्रालयले अर्को व्यवस्था नभएसम्मका लागि आचार्यलाई निगमको कार्यकारी निर्देशकको जिम्मेवारी सम्हाल्न दिने निर्णय गरेको हो ।

आचार्य आपूर्ति मन्त्रालयको प्रशासन प्रमुख हुन् ।निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई हालै सरकारले बर्खास्त गरेको थियो ।

दशैंको समयमा निगम नेतृत्वविहीन हुँदा पेट्रोलियम आपूर्तिमा समस्या पर्ने भन्दै आचार्यलाई सो जिम्मेवारी दिएको बताएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL