Logo

नेपाल-भारतबीच ८ समझदारी पत्रमा हस्ताक्षर, थप १ सय मेवा विजुली आउने

नेपाल-भारतबीच ८ समझदारी पत्रमा हस्ताक्षर, थप १ सय मेवा विजुली आउने


बिजखबर संवाददाता
0
Shares

नेपाल र भारतबीच विभिन्न ८ वटा समझदारी पत्रमा हस्ताक्षर भएको छ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र उनका समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा दुई देशमा प्रतिनिधिमण्डलले उक्त समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

जसमध्ये भूकम्पस म्बन्धी ४ वटा समझदारीमा नेपालका तर्फबाट अर्थ सचिव डा. शान्तराज सुवेदी र भारतका तर्फबाट विदेश सचिव एस जयशंकरले हस्ताक्षर गरेका हुन् । जसमा भूकम्प पछि भत्किएका ५० हजार घर निर्माणका भारतले सहयोग, नेपालमा शिक्षा क्षेत्रमा पुर्निर्माणसँग सम्बन्धित, नेपालका सांस्कृतिक सम्पदाको पुर्निर्माणमा सहयोग र स्थाथ्य क्षेत्रको पुनर्निर्माण रहेका छन् ।

यसैगरी मेची नदीमा फराकिलो पुल बनाउने, दुई देशबीच औषधको व्यापार रोक्ने, स्ट्यान्डराइजेसन एन्ड कन्फर्मिटी एसेसमेन्टमा सहयोगजस्ता विषयमा समझदारी भएको छ ।

उक्त समझदारीसँगै दुई प्रधानमन्त्रीले रिमोट थिचेर कटैया–कुशाहा र रक्सौल परवानीपुर प्रसारण लाइनको उद्घाटन गरे । उक्त प्रशारण लाइनको उत्घाटनसँगै नेपालमा भारतबाट १ सय मेगावाट विद्युत आउनेछ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL