Logo

आगामी हप्ता होङ्सीसँग ‘पीआईए’ गर्दै लगानी बोर्ड, डेढ बर्ष भित्र उत्पादनशुरु

आगामी हप्ता होङ्सीसँग ‘पीआईए’ गर्दै लगानी बोर्ड, डेढ बर्ष भित्र उत्पादनशुरु


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । लगानी बोर्डले आगामी हप्ता होङ्सी ग्रूपसँग आयोजना लागत सम्झौता (पीआईए) गर्ने भएको छ । हाल पीआइएको लागि आवश्कय कागजात तयार पार्ने काम अन्तिम चरणमा पुगेको र अबको २ हप्ताभित्रै सम्झौता गरिने बोर्डका कार्यकारी निर्देशक महाप्रसाद अधिकारीले बताए । ‘पीआईएका लागि हामीले सम्पूर्ण तयारी गरिसकेका छौं,’ उनले भने, ‘सोही अनुरुपमा आगामी हप्ता होङ्सीसँग पीआईए गर्न लागेका हौं ।’

होङ्सीले अधिल्लो बर्ष नेपालमा सिमेन्ट उत्पादनको लागि लगानी भित्र्याउन लगानी बोर्डबाट स्वीकृति पाएको थियो । स्वीकृति पाएको २ बर्षभित्र पीआईए गर्नुपर्ने भएकाले पनि तत्कालै उक्त काम सम्पन्न गरिने अधिकारीले जानकारी दिए ।

चीनको होङ्सी र नेपालीको करिब ५२ अर्ब रुपैयाँ बराबरको लगानीमा निर्माण गर्न लागिएको उक्त सिमेन्ट उद्योगमा होङ्सीको ७० प्रतिशत अर्थात ३६ अर्ब रुपैयाँ लगानी गरेको छ । होङ्सी र शिवम् सिमेन्टको संयुक्त लगानीमा हुने सो सिमेन्ट उद्योगले अबको डेढ बर्षभित्र निर्माणकार्य सक्ने लक्ष्य लिएको छ । होङ्सी शिवम् सिमेन्ट कारखाना संचालमा आएसँगै दैनिक १२ हजार टन (२ लाख ४० हजार बोरा) सिमेन्ट र क्लिंकर उत्पादन गर्ने लक्ष्य राखेको छ ।

होङ्सीले आफ्नो निर्माणकार्य तत्काल सकेपनि सरकारले दिनुपर्ने सेवासुविधाको विषयमा भने ढिलाई हुने देखिएको लगानी बोर्डका प्रवक्ता उत्तमभक्त वाग्लेले जानकारी दिए । ‘सर्त अनुरुप होङ्सीको कारखानासम्म सरकारले सडक तथा बिजुली पुर्याइदिनुपर्ने छ,’ उनले भने, ‘तर, सो विषयमा अझै काम अघि बढेको छैन ।’ हाल बोर्डले सडक निर्माण गरिदिनका लागि सडक विभागलाई पत्राचार गरेपनि त्यस विषयमा के भइरहेको छ भन्ने विषयमा जानकारी नआएको वाग्लेले जानकारी दिए ।

होङ्सी शिवमले नवलपरासीमा करिब १ सय १५ बिघा जग्गा खरिद गरेर गत वैशाखदेखि निर्माणकार्य शुरु गरिरहेको छ । उक्त कारखाना निर्माणको लागि चिनियाँ प्राविधिक टोली खटाइएको छ । कम्पनीले ओपीसी र पीपीसी दुबै खालका सिमेन्ट उत्पान गर्नेछ ।

यसैगरी होङ्सी शिवमले पाल्पामा रहेको चुनढुंगा ल्याएर सिमेन्ट उत्पादन गर्ने भएको छ । जुन कारखाना रहेको ठाउँबाट करिब २८ किलोमिटर टाढा रहेको छ । खारखाना संचालमा आएसँगै २ हजार जनाले प्रत्यक्ष रोजगारी पाउनेछन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL