Logo

देशभर फोर जी पुर्याउदै टेलिकम, पहिलो चरणमा १५ शहरमा

देशभर फोर जी पुर्याउदै टेलिकम, पहिलो चरणमा १५ शहरमा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल टेलिकमले आफ्नो फोर जी सेवालाई देशभर विस्तार गर्ने भएको छ । हाल काठमाडौं र पोखराका केही स्थानमा सञ्चालनमा रहेको फोर जीलाई देशभर पुर्याउने तयारी गरेको टेलिकमका सहायक प्रवक्ता सोभन अधिकारीले जानकारी दिए ।

‘फोर जी विस्तारका लागि टेन्डर आवह्वानको तयारी अन्तिम चरणमा पुगेको छ’ उनले भने ‘टेन्डर गरेर देशभर चरणवद्ध रुपमा फोरजी सेवा उपलब्ध गराउने छौ ।’अधिकारीका अनुसार शुरुमा १५ ओटा उपमहानगरपालिका र मुख्य शहरहरुमा फोरजी सेवा उपलब्ध गराइने छ ।

टेलिकमले इटहरी र धरान, जनकपुर, हेटौंडा, भरतपुर, रुपन्देहीको बुटवल, बाँकेको नेपालगन्ज ललितपुरलगायत १५ उपमहानगरपालिकामा छिट्टै फोर जी सेवा विस्तारको तयारी गरेको हो । साथै विस्तारै नगरपालिका तथा गाउँपालिकामा विस्तार गरिने सहायक प्रवक्ता अधिकारीले जानकारी दिए ।

नेपाल टेलिकमको पछिल्लो तथ्यांक अनुसार फोर जी सेवा प्रयोगकर्ता ५ लाख ८५ हजार पुगेको छ । अधिकारीका अनुसार टेलिकमको प्रिपेड सिमबाट फोर जी चलाउनेको संख्या पोष्टपेडको भन्दा बढी छ ।

टेलिकमले पोष्टपेडमा सेवा दिएको १ महिनापछि मात्र प्रिपेडमा फोरजी सेवा उपलब्ध गराएपनि प्रिपेडबाट फोर जी चलाउनेको संख्या बढी भएको उनले बताए । ‘अहिले काठमाडौं र पोखरामा करिव ७७ हजार जनाले पोष्टपेडबाट फोरजीको सेवा लिएका छन,’ उनले भने, बाँकी ५ लाख ८ हजार प्रिपेडका ग्राहक हुन् ।’तुलनात्मक रुपमा प्रिपेडका प्रयोगकर्ता बढी भएकोले पनि फोर जी चलाउने धेरै भएको उनले बताए ।

टेलिकमले गत पुस १७ गतेदेखि पोष्टपेडमा फोर जी सेवा शुरु गरेको थियो । त्यस्तै कम्पनीले आफ्नो बार्षिकोत्सवको अवसरमा माघ २२ गतेदेखि प्रिपेडमा पनि फोर जी सेवा संचालनमा ल्याएको हो ।

व्यवस्थापिका संसदको विकास समितिले टेलिकमलाई आगामी असोज भित्र देशभर फोरजी सेवा पुर्याउन निर्देशन दिएको थियो । सोहि अनुसार टेलिकमले शुरुमा उपमहानगरपालिकामा सो सेवा उपलब्ध गराउन लागेको हो ।

हाल काठमाडौं उपत्यकाको रिङ रोडभित्र, इन्द्रायणी, गोदावरी, गोकर्ण रिसोर्ट क्षेत्र, भक्तपुर र पोखरामा मात्र फोरजी सेवा संचालन गर्न पाइन्छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL