Logo

कर्मचारी, व्यवस्थापन र नेतृत्वको ‘ट्युनिङ’ले तंग्रिँदै सरकारी उद्योग

कर्मचारी, व्यवस्थापन र नेतृत्वको ‘ट्युनिङ’ले तंग्रिँदै सरकारी उद्योग


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । आफ्नो कार्यभार शुरु गर्दैगर्दा अधिकांश उद्योगमन्त्रीले एउटा घोषणा गर्छन्, ‘बन्द भएका सरकारी उद्योग पुनः सञ्चालन गर्छु र सञ्चालनमा रहेकालाई नाफामा लैजान्छु ।’ अफसोच अधिकांश मन्त्रीको घोषणा कागजमै सीमित हुँदै आएको छ ।

झण्डै ९ महिनाअघि उद्योग मन्त्रालय सम्हाल्न आईपुगेका उद्योगमन्त्री नविन्द्रराज जोशीले पनि उस्तौ घोषणा दोहोर्याए । तर, उनको घोषणा कागजमा सीमित भएन, बरु धमाधम कार्यन्वयमा आउँन थाल्यो । कर्मचारी, व्यवस्थापन र नेतृत्वको ट्युनिङ मिलेरै होला, बन्द भएको र बन्द हुने अवस्थामा पुगिसकेका उद्योग समेत धमाधम तङ्ग्रीन थालेका छन् ।

कर्मचारी, व्यवस्थापन र नेतृत्व तहको ‘स्प्रिट’ मिलेपछि संकटग्रस्त अवस्थामा पुगेको उद्योग पनि तंग्रेर नाफा दिन थाल्छन् भन्ने उदाहरण २ सिमेन्ट उद्योगले देखाएको छ । नेपाल सरकारको स्वामित्वमा रहेको उदयपुर सिमेन्ट र हेटौडा सिमेन्ट उद्योगले सरकारी उद्योग चल्न सक्दैनन् भन्ने मानसिकता भएकालाई समेत गलत सावित गरिदिएका छन् । त्यसो त वर्षौदेखि बन्द भएर केही समयअघि पून सञ्चालनमा आएको सरकारी स्वामित्वकै नेपाल औषधी लिमिटेडले सरकारले उद्योग चलाउन सक्छ भन्ने मानसिकताको विकास गराईदिएको छ ।

औषधि उद्योग

आठ वर्षदेखि बन्द अवस्थामा रहेको सरकारी स्वामित्वको औषधिक उद्योगले पुनः उत्पादन थालेको छ । नेपाल औषधी लिमिटेडले करीब तीन साता अघिबाट औषधि उत्पादन शुरु गरेको हो । उद्योगले पहिलो चरणमा जीवन जल उत्पादन शुर गरेको छ । कम्पनीले आगामी असोज महिनाभित्र १४ थरीका औषधि उत्पादन गर्ने छ । र, अर्को १ वर्षभित्र ४२ थरीका औषधि उत्पादन गर्ने लक्ष्य लिएको छ ।

उदयपुर सिमेन्ट उद्योग लिमिटेड

२०४४ सालमा स्थापना भएपनि २०४९ साल मंसिरदेखि सञ्चालनमा आएको उदयपुर सिमेन्ट उद्योगले हालसम्म केही नाफा दिन सकेको थिएन । तर चालु आवमा कम्पनीले चमत्कारीक रुपमा २५ बर्षमा पहिलो पटक १७ करोड रुपैयाँ नाफा गरेको छ । उद्योगका महाप्रबन्धक सुरेन्द्र पौडेलका अनुसार चालु आवको १० महिनामा १७ करोड रुपैयाँ मुनाफा आर्जन गरेको र बर्षभरिमा २५ करोड रुपैयाँ नाफा आर्जन गर्ने लक्ष्य कम्पनीको छ ।

उद्योगले चालु आवको १० महिनामा ८५ हजार मेट्रिक टन क्लिंकर तथा सिमेन्ट उत्पादन गरेको हो । त्यस्तै आगामी आवमा १ लाख ५० हजार मेट्रिक टन क्लिंकर उत्पादनको लक्ष्य उद्योगको छ । ‘यो कर्मचारी र व्यवस्थापनको मन मिलेर नै सम्भव भएको हो’ उनी भन्छन् ‘ मन्त्रालयको नीतिगत सहयोगको पनि यसमा विशेष देन छ ।’ कम्पनीका व्यवस्थापन पक्षका मात्र होइन कर्मचारीहरु पनि आफ्ना कारण उद्योग बन्द हुने अबस्था नआउने प्रतिबद्धता व्यक्त गर्छन् ।

कम्पनीले नाफा कमाएसँगै बजार बिस्तारबारे सोच्न थालेको छ । जसअनुसार उदयपुर सिमेन्टले एक गाउँपालिका एक डिलर स्थापना गर्ने लागेको हो । कम्पनीको सञ्चालक समितिका अध्यक्ष अक्रर खड्काका अनुसार प्रत्येक गाउँपालिकामा पुग्ने लक्ष्यसहित रोडम्याप तयार गरेर अघि बढ्न लागेको छ ।

हेटौडा सिमेन्ट उद्योग

गत तीन वर्षदेखि नाफामा संचालन भइरहेको यो उद्योगले यस आवमा उत्पादन र नाफाका सबै रेकर्ड ब्रेक गर्ने गरिसकेको कम्पनीका सञ्चालक समिति अध्यक्ष अध्यक्ष रघुरमण न्यौपाने बताउँछन् ।

हेटौंडा सिमेन्ट उद्योगमा सिमेन्टको क्षेत्रमा नेपालकै अब्बल जनशक्ति भएको उनको दाबी छ । बन्द उद्योग सरकारी उद्योग कमजोर हुन्छन् भन्ने मान्यतालाई हटाएर हेटौडा सिमेन्टलाई उदाहरणको लायक बनाउने योजना उनको छ । चालु आवका १ लाख ५० हजार मेट्रिक टन सिमेन्ट उत्पादनको लक्ष्य राखेकोमा कम्पनीले १० महिनामै १ लाख २३ हजार मेट्रिक टन सिमेन्ट उत्पादन गरिसकेको छ । त्यस्तै आगामी बर्ष १ लाख ८० हजार मेट्रिक टन क्लिंकर उत्पादन गर्ने लक्ष्य रहेको कम्पनीका महाप्रबन्धक पे्रमशंकर सिंह बताउँछन् । त्यसो त कम्पनीले क्षमता विस्तार गरेसँगै बजार विस्तार गर्ने तर्फे सोच अघि बढाइसेको छ । हाल काठमाडौं र हेटौंडा मूख्य बजार रहेको ‘शक्ति’ सिमेन्टको अबको बजार बुटवल र पोखरा हुने छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL