Logo

सुनको मूल्यमा ऐतिहासिक रेकर्ड, प्रतितोला १ लाख १ हजार ४०० पुग्यो

सुनको मूल्यमा ऐतिहासिक रेकर्ड, प्रतितोला १ लाख १ हजार ४०० पुग्यो



काठमाडौं । बुधबार सुनको मूल्यले ऐतिहासिक रेकर्ड कायम गरेको छ । मंगलबार प्रतितोला ९९ हजा ९ सय रुपैयाँमा कारोबार भईरहेको सुन बुधबार एकैदिन १ हजार ५ सय रुपैयाँले बढ्दा प्रतितोला १ लाख १ हजार ४ सय पुगेको छ ।

laxmi

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार पछिल्लो समय प्रतिदिन नयाँ रेकर्ड राखिरहेको सुनको मूल्य आज पनि सोहीअनुसार बढेको हो । महासंघले सुनको मूल्य अन्तरराष्ट्रिय बजारमै बढिरहेकाले नेपालमा समेत यसको मूल्यले नयाँ रेकर्ड राखिराख्ने जानकारी दिएको छ ।

यस्तै सुनको मूल्यले आकाश छुँदा चाँदीको मूल्य पनि उकालो लागेको छ । महासंघका अनुसार मंगलबार १ हजार २ सय ३० रुपैयाँ प्रतितोलामा कारोबार भईरहेको चाँदी बुधबार बढ्दै १ हजा २ सय ९० रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL