Logo

बिदेशबाट नेपाली फर्कन शुरु : म्यानमारबाट २६ जना आए, आजै दुबईबाट १६८ जना आउँदैं

बिदेशबाट नेपाली फर्कन शुरु : म्यानमारबाट २६ जना आए, आजै दुबईबाट १६८ जना आउँदैं



काठमाडौं । सरकारले विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउने प्रक्रिया शुरु गरेको छ । सरकारले कोभिड–१९ को विश्वव्यापी संक्रमणका कारण उत्पन्न असहज अवस्थामा स्वदेश आउनैपर्ने परिस्थितिमा रहेका नेपालीलाई फर्काउन थालेको हो ।

laxmi

सोही प्रक्रियाअन्तरगत म्यान्मारबाट २६ जना नेपाली शुक्रबार बिहान काठमाडौं आइपुगेका छन् । यस्तै दोस्रो चरणमा संयुक्त अरब इमिरेट्स (दुबई) बाट नेपाली ल्याइँदैछ । त्यहाँबाट आउने १६८ जना नेपाली तयारी अवस्थामा रहेका छन् । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका प्रमुख देबेन्द्र केसीका अनुसार राजदुतावासका केही प्रकृया पुगे पछि सम्भवत उनीहरुलाई आजै नेपाल ल्याउनेछन ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसीएमसी) को समन्वयमा प्रभावित भएका नेपालीलाई प्राथमिकताका आधारमा नेपाल ल्याउन थालिएको हो । आज म्यान्मार सेनाको एयरफोर्सको फोकर–६० को फ्लाइट नम्बर एमएएच–००३ बाट २६ नेपालीलाई ल्याइएको केसीले जानकारी दिएका हुन । सोही विमानबाट ४३ जना म्यान्मार जाँदैछन् । त्यसमा दुई नेपालीसमेत रहेको विमानस्थलल् जानकारी दिएको छ ।

विदेशबाट उद्धार गरेर ल्याइएका नागरिकलाई उपत्यकामा तयार पारिएको जगेडासहित नौ ‘होल्डिङ सेन्टर’ मा राखिने छ । उनीहरुलाई विमानस्थलबाट सोझै होल्डिङ सेन्टर पुर्याइने छ । त्यसको व्यवस्थापनको जिम्मा भने नेपाली सेनालाई दिइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाली सेनाको सहयोगमा काठमाडौंमासमेत आवश्यक स्वास्थ्य परीक्षण गर्नेछ । विदशेबाट आएर सम्बन्धित जिल्लाको क्वारेन्टिन वा सेल्फ क्वारेन्टिनमा नजाँदासम्म बस्ने स्थान (होल्डिङ सेन्टर) झण्डै ३ हजार क्षमताको बनाइएको छ ।

जस्का लागि काठमाडौंमा ३, ललितपुरमा २ र भक्तपुरमा २ सेन्टर निर्माण गरिएको छ । काठमाडौं र ललितपुरमा २ होल्डिङ सेन्टर आवश्यक पर्दा प्रयोग गर्ने गरी जगेडामा तयारी अवस्थामा राखिएको छ । काठमाडौं र भक्तपुरमा १–१ हजार क्षमताको बनाइएको छ भने ललितपुरमा ९ सय जना अटनसक्ने क्षमताको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL