Logo

मनकारी रोनाल्डो : कोरोना संक्रमितको उपचारका लागि दिए एक मिलियन युरो सहयोग

मनकारी रोनाल्डो : कोरोना संक्रमितको उपचारका लागि दिए एक मिलियन युरो सहयोग



काठमाडौं । क्रिस्टियानो रोनाल्डो विश्व फुटबलमा निकै चर्चित नाम हो । विश्व फुटबलकै सबैभन्दा लोकप्रिय रोनाल्डोले अर्बौ रुपैयाँ फुटबल खेलेरै कमाउँछन् । कमाउने मा होइन रोनाल्डो सामाजिक सेवाका लागि पनि उत्तिकै अग्रसर रहन्छन् ।

laxmi

उनले देश बिदेशमा विभिन्न संस्थामार्फत करोडौं रुपैयाँ सहयोग गरिरहन्छन । यसै क्रममा रोनाल्डोले अहिले विश्वव्यापी महामारी बनेको कोरोना भाइरसबाट पीडितका लागि पनि सहयोग दिएका छन् । आफ्नो देश पोर्चुगलमा कोरोनाका संक्रमितलाई उपचारका लागि रोनाल्डोले एक मिलियन युरो सहयोग गरेका छन् ।

रोनाल्डोले पोर्चुगलको पोर्टो र लिस्बनमा बेड र भेन्टिलेटर निर्माण गर्न सहयोग गरेका हुन् । रोनाल्डोका साथै उनका एजेन्ट जर्ज मण्डेजले एक–एक मिलियन सहयोग गरेको पोर्चुगलका मिडियाले उल्लेख गरेका छन् ।

रोनाल्डो र मण्डेजले हामीलाई सम्पर्क गरेर सहयोग गरेको सान्ता मारियाका अध्यक्ष डानियल फेर्रोले जानकारी दिएका छन् । रोनाल्डोका एजेन्ट मण्डेजले यस अघि एक हजार मास्क र २ लाख सुरक्षित गाउन सहयोग गरेका थिए । यसअघि लियोनेल मेसी र पेप गुआर्डीओलाले स्पेनको अस्पताललाई कोरोना संक्रमितको उपचार गर्न एक एक मिलियन युरो सहयोग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL