Logo

सरकारले व्यवसायीका लागि आर्थिक प्याकेज घोषणा गर्न ढिला गर्न नहुने भन्दै चेम्बर अफ कमर्शले गर्यो सरकारको ध्यानाकर्षण

सरकारले व्यवसायीका लागि आर्थिक प्याकेज घोषणा गर्न ढिला गर्न नहुने भन्दै चेम्बर अफ कमर्शले गर्यो सरकारको ध्यानाकर्षण



काठमाडौं । नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष दीपक मल्होत्राले व्यवसायी आर्थिक संकटमा परेको भन्दै सरकारले प्याकेजको घोषणा गर्न ढिला गर्न नहुने बताएका छन ।

laxmi

उनले कोभिड १९ (कोरोना भाईरस) ले संकट निम्त्याएको भन्दै बिभिन्न बस्तुमा सहुलियत दिन नेपाल चेम्बर अफ कमर्शले सरकारसँग माग गरेको जानकारी दिएका हुन । ‘व्यवसायी यो संकटको अवस्थामा राष्ट्र तथा जनतालाई सहयोग गर्न तयार छन, विभिन्न प्याकेज पनि घोषणा गर्न चाहन्छन,’ मल्होत्राले भने, ‘सरकारले पनि व्यवसायीको समस्या समाधान गर्ने घोषणा गर्नुपर्छ ।’

चेम्बरले अल्पकालीन र दीर्घकालीन प्याकेजको व्यवस्था गर्नुपर्ने, सीमावर्ती भन्सारमा आएका तथा आउने माल वस्तुको डेमरेज, डिटेन्सन चार्जमा पूर्णतः छुट हुनुपर्ने, भुक्तानी भएको कारोबारमा मात्र मूल्य अभिवृद्धि कर लिने व्यवस्था हुनुपर्ने माग सरकारसँग राखेको छ ।

त्यस्तै सरकारसँग बैंकहरुले ऋणको भुक्तानीको अवधि रिसेड्युल गर्नु पर्ने, बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जाको व्याजदरमा कम्तीमा ५ प्रतिशत सरकारी अनुदान, २ प्रतिशत बैंकबाट सहुलियतको व्यवस्था हुनु पर्ने चेम्बरले माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL