Logo

उद्योग वाणिज्य महासंघको विशेष साधारणसभा स्थगित, शेखर गोल्छा अध्यक्ष बन्ने पक्का

उद्योग वाणिज्य महासंघको विशेष साधारणसभा स्थगित, शेखर गोल्छा अध्यक्ष बन्ने पक्का



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको विशेष साधारणसभा स्थगित भएको छ । महासंघको विधान संसोधन समितिको आज भएको बैंठकले यहि कात्तिक २९ गते हुने भनिएको विशेष साधारणसभा स्थगित गर्ने निर्णय गरेको समितिका संयोजक चण्डीराज ढकालले जानकारी दिए ।

laxmi

विशेष साधारणसभा स्थगित भएसँगै आगामी कार्यकालका लागि शेखर गोल्छा अध्यक्ष हुने निश्चित भएको छ । यस अघि विधान संसोधन समितिले प्रत्यक्ष निर्वाचन प्रणालीबाट अध्यक्ष चयन गर्नेगरी विधान संसोधन प्रक्रिया अघि बढाएको थियो । तर, उक्त विधान संशोधनका लागि गर्न लागिएको विशेष साधारणसभा नै स्थगित भएपछि गोल्छा आगामी कार्याकालका लागि अध्यक्ष हुने निश्चित भएको हो ।

अन्य बुदाहरुमा राय सुझाव लिएर अघि बढेपनि अध्यक्षको अध्यक्षको विषयमा भने यथास्थितीमै राखिने ढकालले जानकारी दिए ।

यस अघि महासंघले विधान संशोधन भएर बरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष हुने प्रावधान ल्याएको थियो । सोही प्रावधान अनुरुप शेखर गोल्छा वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL