Logo

बर्षा पछिको बाढी र पहिरोमा परी १११ जनाको मृत्यु, १ अर्बभन्दा बढीको क्षति

बर्षा पछिको बाढी र पहिरोमा परी १११ जनाको मृत्यु, १ अर्बभन्दा बढीको क्षति



काठमाडौं । मनसुनपछिको विपदका कारण देशभर १ सय ११ जनाले ज्यान गुमाएका छन । गृहमन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार विपदमा परेर ४० जना बेपत्ता भएका छन भने ६७ घाइते भएका छन ।

laxmi

मृत्यु हुनेमा सबैभन्दा बढी गुल्मीमा १३ जना रहेका छन । यस्तै बाढीबाट रौतहटमा १० जनाले ज्यान गुमाएको केन्द्रका प्रमुख वेदनिधि खनालले जानकारी दिएका छन । उनका अनुसार अहिलेसम्म सबैभन्दा बढी बाढीबाट ५८ जनाले ज्यान गुमाएका छन । पहिरोबाट ४५ र वर्षाका कारण ८ जनाले ज्यान गुमाएका हुन । अहिलेसम्म बाढीबाट १२८ घटना र पहिरोका २०८ घटना भएको केन्द्रले जनाएको छ ।

बाढीबाट ३१ जना तथा पहिरोमा परेर ९ जना बेपत्ता भएका छन । अहिलेसम्म बाढीबाट १ अर्बभन्दा बढीको क्षति भएको छ । यस्तै पहिरोबाट २ करोडभन्दा बढीको क्षति भएको छ । बाढी, पहिरो र डुवानबाट ६४ जिल्ला प्रभावित भएको छ । सबैभन्दा बढी गुल्मीमा पहिरोका कारण १३ र रौतहटमा बाढी र डुबानका कारण १० जनाले ज्यान गुमाएका छन ।

सिराहामा ७ र ललितपुरमा ६ जनाले ज्यान गुमाएका छन । सिन्धुली, धनुषा, मकवानपुर र भोजपुरमा ५/५ तथा महोत्तरी, मोरङ, ओखलढुङ्गा, लमजुङ र डोल्पामा ४/४ जनाले ज्यान गुमाएका छन । बाढीपहिरोमा परेर काठमाडौं, पर्सा, खोटाङ, झापा, काभ्रेपलाञ्चोकमा ३/३, सुनसरी, धादिङ, दाङ र बारामा २/२ जनाको ज्यान गएको छ । उदयपुर, पाँचथर, संखुवासभा, इलाम, सर्लाही, रामेछाप, सिन्धुपाल्चोक, पश्चिम नवलपरासी, बाग्लुङ, पाल्पा, कपिलवस्तु र रोल्पामा १/१ जनाको मृत्यु भएको केन्द्रले जानकारी दिएको छ ।

बाढीपहिरोमा परेर ४० जना बेपत्ता छन । डोल्पामा ७ र लमजुङमा ६ जना अझै बेपत्ता छन । सिन्धुलीमा ४, इलाम र मोरङमा ३/३, नुवाकोट, उदयपुर, महोत्तरी र सिन्धुपाल्चोकमा २/२ जना बेपत्ता छन । झापा, सुनसरी, काठमाडौं, धादिङ, रौतहट, पर्सा, तनहुँ, दाङ र कञ्जनपुरमा १/१ जना वेपत्ता भएको गृहमन्त्रालयले जनाएको छ ।

त्यस्तै बाढी र पहिरोमा परेर ६७ जना घाइते भएका छन । पहिरोमा परी ३१ र बाढीमा परेर १९ जना घाइते भएका छन । बर्षाका कारण १७ जना घाइते भएका छन । प्राप्त जानकारीअनुसार मकवानपुर र लमजुङमा ८/८ तथा काठमाडौं, सिराहा र रौतहटमा ५/५ जना घाइते भएका छन । मोरङ, सुनसरी, खोटाङ, सर्लाही, रामेछाप, भक्तपुर, धादिङ, पर्सा, स्याङ्जा, पाल्पा, सुर्खेत र जाजरकोटमा १/१ जना घाइते भएका छन । झापा, भोजपुर, महोत्तरी, सिन्धुपाल्चोक, काभ्रे र गुल्मीमा २/२ जना तथा धनकुटा, उदयपुर, सिन्धुली र दोलखामा ३/३ जना घाइते भएका छन/ रासस

प्रतिक्रिया दिनुहोस्
MBL