Logo

काठमाडौं महानगरपालिकाले ल्यायो १५ अर्ब ५० करोडको बजेट, प्राथमिकतामा पर्यटन र सरसफाई

काठमाडौं महानगरपालिकाले ल्यायो १५ अर्ब ५० करोडको बजेट, प्राथमिकतामा पर्यटन र सरसफाई



काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक बर्ष २०७६/७७का लागि १५ अर्ब ५० करोड ७० लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ । पर्यटन तथा सरसफाईलाई मुख्य आधार मान्दै कामपाका मेयर विद्यासुन्दर शाक्यले मंगलबार राष्ट्रिय सभागृहमा उक्त विनियोजन विधेयक प्रस्तुत गरेका हुन ।

laxmi

कामपाले आगामी आर्थिक बर्षका लागि भौतिक पूर्वाधारका लागि ४ अर्ब ३१ करोड रुपैयाँ विनियोजन गरेको छ । यस्तै सामाजिक विकास कार्यक्रमका लागि १ अर्ब ५२ करोड, शिक्षाका लागि १ अर्ब ३५ करोड बजेट विनियोजन गरेको छ ।

कामपाले काठमाडौंलाई पर्यटकिय स्थलका रुपमा अझ विकास गर्नका लगि पर्यटन तथा सम्पदा संरक्षणका लागि ६७ करोड, हनुमान ढोका संरक्षण कार्यक्रमका लागि करिब ५५ करोड, वातावरण तथा उद्यान व्यवस्था कार्यक्रमका लागि ३१ करोड ८५ लाख रुपैयाँ विनियोजन गरेको छ । यस्तै शहरी योजना सम्बन्धी कार्यक्रमका लागि २९ करोड र सार्वजनिक निजी साझेदारी कार्यक्रमका लागि १६ करोड ८१ लाख रुपैयाँ बजेट छुट्याएको कामपाले जानकारी दिएको छ ।

नगरवासीहरुलाई सुुसुचित तुल्याउन तथा सोही अनुसार काम गर्न सूचना तथा सञ्चारका लागि १६ करोड रुपैयाँ विनियोजन गरेको छ । यस्तै जनस्वास्थ्य सेवा कार्यक्रमका लागि १२ करोड, विपद व्यवस्थापनका लागि ७ करोड, अन्तर्रा्ष्ट्रिय सम्बन्ध प्रवर्द्धनका लागि ६ करोड ५९ लाख, कृषि तथा पुशसेवाका लागि ६ करोड, प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ५ करोड रुपैयाँ विनियोजन गरिएको मेयर शाक्यले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL