Logo

नयाँ ट्याक्सी दर्ता खुलाउन मन्त्रालय र विभागबीच नै आरोपप्रत्यारोप, रोक्न व्यवसायीको लविङ

नयाँ ट्याक्सी दर्ता खुलाउन मन्त्रालय र विभागबीच नै आरोपप्रत्यारोप, रोक्न व्यवसायीको लविङ



काठमाडौं । सरकारले २०७२ सालमा भुकम्पपिडितका लागि खोले पनि नयाँ ट्याक्सी दर्ता त्यसयता खोलेकोे छैन । सरकारले विभिन्न समयमा पुराना नंबर प्लेटमा नयाँ ट्याक्सी दर्ता गर्ने गरेको भएपनि नयाँ नंबर प्लेटमा नयाँ ट्याक्सी दर्ता भने नखुलाएको हो ।

सरकारले २०५७ सालमा ट्याक्सीको दर्ता बन्द गरेको थियो त्यसयता नयाँ ट्याक्सी दर्ता खोलेको छैन । मन्त्रालय र विभागलाई ट्याक्सी ब्यवसायीले नै नयाँ ट्याक्सीको दर्ता खोल्न नदिएको मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

नयाँ ट्याक्सीको दर्ताका लागि यातायात ब्यबस्था विभागले मन्त्रालयमा नयाँ मापदण्ड पठाइएको र सो मापदण्ड पास भएपछि नयाँ टयाक्सी दर्ता खोल्ने जानकारी दिएको छ । तर भौतिक तथा यातायात मन्त्रालयमा भने सो कुराको कुनै जानकारी नै छैन ।

विभागका प्रवक्ता गोकर्ण उपाध्यायका अनुसार नयाँ ट्याक्सी दर्ता नखोलिएपनि हाल पुराना नंबरप्लेटमा नयाँ ट्याक्सीको दर्ता खोलिएको छ । ‘नयाँ ट्याक्सी दर्ताका लागि मापदण्ड बनाएर मन्त्रालय पठाएका छौं,’ उनले भने, ‘उक्त मापदण्ड मन्त्रालयबाट स्वीकृत भएर आउने वित्तिकै नयाँ ट्याक्सी दर्ता खोल्नेछौं ।’

यता मन्त्रालय भने विभागबाट मन्त्रालयसम्म उक्त मापदण्ड नआईसकेको बताउँछ । भौतिक तथा यातायात मन्त्रालयका प्रवक्ता शिबहरी सापकोटाले विभागले हालसम्म उक्त नयाँ ट्याक्सी दर्ताको मापदण्ड मन्त्रालयमा नपठाएको जानकारी दिए । यातायात ब्यबस्था विभागले उक्त मापदण्ड १ महिना अघि नै मन्त्रालय पठाईसकेको भएपनि मन्त्रालयसम्म उक्त मापदण्ड नपुगेको मन्त्रालय बताउँछ ।

यातायात ब्यबस्था विभागले पछिल्लो समय भुकम्प पिडितका लागि भन्दै करिव १ हजार ८ सय ५० ओटा ट्याक्सीको दर्ता खोले पनि सर्वसाधारणका लागि नयाँ ट्याक्सी दर्ता खुला नगरेको हो । सरकारले २०५७ साल जेठ १७ गत नयाँ ट्याक्सीको दर्ता बन्द गरेको थियो । त्यसबेला बागमति अञ्चल कार्यालयमा ट्याक्सीको जम्मा संख्या ७ हजार ५ सय थियो । तर हाल त्यो संख्या घटेर पुराना ट्याक्सीहरु ५ हजार ५ सयमा झरेका छन् ।

थप ट्याक्सी आउँदा ट्याक्सीको मूल्य घट्ने र भाडा पनि घट्ने भएपछि यातायात ब्यबसायीकै दवावमा यातायात मन्त्रालय र विभागले नयाँ ट्याक्सी दर्ता खुलाउन नसकेको स्रोतको भनाई छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL