Logo

नियम मिच्ने सरकारी कर्मचारीमाथि सर्तकता केन्द्रको नजर, १ हजार कार्यालयका २ हजार कर्मचारी कारबाहीको लागि सिफारिश

नियम मिच्ने सरकारी कर्मचारीमाथि सर्तकता केन्द्रको नजर, १ हजार कार्यालयका २ हजार कर्मचारी कारबाहीको लागि सिफारिश


रासस
81
Shares

काठमाडौं । राष्ट्रिय सर्तकता केन्द्रले गत आर्थिक बर्षमा २ हजार ३ सय ३१ कर्मचारीलाई छड्के अनुगमनका क्रममा कारबाहीको लागि सिफारिश गरेको छ ।

केन्द्रले कार्यालय समयमा नआउने र पोशाक नलगाउने ती कर्मचारीलाई कारबाहीका लागि सिफारिश गरेको केन्द्रका सूचना अधिकारी डोलनाथ अर्यालले जानकारी दिए । केन्द्रले सम्बन्धित कार्यालय प्रमुखलाई ती कर्मचारीलाई कारबाही गर्न निर्देशन दिएको छ ।

‘हामीले छड्के अनुगमनका क्रममा कार्यालयको नियम पालना नगर्ने कर्मचारीलाई कारबाहीको लागि सिफारिश गरेका छौँ’, उनले भने, ‘हामीले गरेको सिफारिश अनुसार कार्यालय प्रमुखले कारबाही गर्नेछ ।’ उनका अनुसार नसिहत दिने, सचेत गराउने जस्ता कारबाही गर्न सिफारिश गरिएको छ ।

केन्द्रले ४९ जिल्लाका करीब १ हजार १ सय २ कार्यालयमा छड्के अनुगमन गर्दा ती कर्मचारी कारबाहीमा परेका हुन् । यसैगरी केन्द्रले लक्ष्यभन्दा बढी कार्यालय अनुगमन गरेको जनाएको छ ।

गत आर्थिक वर्षमा करीब ५ सय कार्यालयको छड्के अनुगमन गर्ने भनेता पनि केन्द्रले लक्ष्यभन्दा दोब्बर १ हजार १ सय २ कार्यालयको छड्के अनुगमन गरेको केन्द्रका उपसचिव समेत रहेका सूचना अधिकारी अर्यालले जानकारी दिए ।

यस्तै केन्द्रले १ हजार ५२ कार्यालयका नागरिक वडापत्रको अनुगमन समेत गरेको छ । अनुगमनका क्रममा ती वडापत्र कार्यालयले सेवाग्राहीले नदेखिने ठाउँमा, सानो अक्षरमा राख्ने गरेको पाइएको उनले बताए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL