Logo

सीजी र एलजी सहित १५ ब्राण्डका मोबाइल आयात ठप्प

सीजी र एलजी सहित १५ ब्राण्डका मोबाइल आयात ठप्प


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाली बजारमा विभिन्न १५ वटा ब्राण्डका मोबाइल आयात बन्द भएको छ । सन् २०१७ देखि सीजी र एलजी सहित १५ वटा ब्राण्डका मोबाइल आयात हुन छाडेको त्रिभुवन भन्सार कार्यालयले जानकारी दिएको छ ।

सीजीले सन् २०१६ मा १७ करोड ३५ लाख रुपैयाँ बराबरको १ लाख थानभन्दा बढी मोबाइल आयात गरेको थियो । तर, सन् २०१७ मा सो ब्राण्डको माबाइल नै आयात नभएको तथ्याङ्कले देखाएको छ ।

यसैगरी सन् २०१६ मा पानासोनी ब्राण्डको मोबाइल पनि १४ करोड १४ लाख रुपैयाँ बराबरको २४ हजार थान मोबाइल सेट आयात भएको थियो भने सन् २०१७ मा आयात नै नभएको कार्यालयको तथ्याङ्कले देखाएको छ ।

सन् २०१६ मा बढी आयात भएका डाइमण्ड, गाभा, स्पाइस, पर्पललगायतका ब्राण्डका मोबाइल सन् २०१७ मा आयात भएको छैन ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL