Logo

गभर्नर माथी खनिए सभासद, बैंकहरुले जथाभावी गर्दा राष्ट्र बैंक किन मौन ?

गभर्नर माथी खनिए सभासद, बैंकहरुले जथाभावी गर्दा राष्ट्र बैंक किन मौन ?


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले आफुखुशी रुपमा कर्जा प्रवाह तथा ब्याजदर बढाउँदा पनि नेपाल राष्ट्र बैंक मौन बसेको भन्दै सभासदहरुले आक्रोश व्यक्त गरेका छन् । तरलता सम्बन्धी आज भएको अर्थ समितिको बैंठकमा बोल्ने अधिकांश सभासदले नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालको कार्यशैली प्रति असन्तुस्ट व्यक्त गरेका थिए ।

कार्यक्रमा बोल्दै सभासद रेवतीरमण भण्डारीले ६ महिनाको अवधिमा बैंकहरुले जथाभावी रुपमा कर्जा प्रवाह गरिरहदा राष्ट्र बैंक नेतृत्वले ध्यान नदिएको भन्दै आक्रोश व्यक्त गरे । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाले रातारात कर्जाको ब्याजदर बढाउँदा पनि राष्ट्र बैंक चुप बसेको भन्दै गुनासो व्यक्त गरे ।

कार्यक्रममा सभासद ल्यारक्याल लामाले उनुत्पादक क्षेत्रमा बढी कर्जा प्रवाह गर्ने बैंकको अनुसन्धान गरी कारवाही गर्नुपर्ने बताए । बैंकले संस्थागत निक्षेप र पछिल्लो समय लिएको मुद्दतीमा मात्र ब्याजदर बढाएर साधारण निक्षेपकर्तामाथी लुट मच्याइरहेको आरोप लगाए ।

बचत खातामा ब्याज दर नबढेको, तरलता अभाव समाधानको अवस्थामा पुगिसक्दा पनि ब्याजदर नघटेको, पटक–पटक ब्याज पठाउँदा पनि चुप लागेर बसेको, स्प्रेडदर १३ प्रतिशतभन्दा बढी पुर्याउदा पनि चुप लागेर बसेको लगातका गुनासो व्यक्त गरेका थिए । कार्यक्रममा सभासद तथा सिभिल बैंकका लगानीकर्ता इच्छाराज तामाङले घर जग्गामा कर्जा रोक्ने केन्द्रिय बैंकको निर्णय ठिक नभएको बताए ।

अर्थ समितिले बैंठकले न्युन तरतलता तथा अधिक तरलताको दिर्घकालिन समाधानका लागि अध्ययन गर्न उप समिति समेत गठन गरेको छ । उप समितिमा रेवतीरमण भण्डारी, सीपी मैनाली, ल्यारक्याल लामा, ओमदेवी मल्ल लगायतका संदस्य रहेका छन् । उपसमितिलाई एक महिनाभित्र अध्ययन प्रतिवेदन बुझाउने निर्देशन दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL