Logo

दोहोरो अंकले बढ्यो नेप्से, कारोबार अर्ब नजिक

दोहोरो अंकले बढ्यो नेप्से, कारोबार अर्ब नजिक



काठमाडौं । साताको पहिलो दिन नेप्से परिसुचक दोहोरो अंकले बढेको छ । बजार खुलेदेखि नै उकालो लागेको बजार मध्यभागका २५ अंकले बढ्न पुगेको थियो ।

तर बजार बन्द हुँदा ११ दशमलव ६९ अंकले बढ्दै नेप्से परिसुचक १ हजार २ सय ५६ अंकको पुगेर अडिएको छ । आईतबार नेप्से दोहोरो अंकले बढ्दा सबै समुहका परिसुचक उकालो लागेका छन् । जसमा सबैभन्दा बढी जीवन बीमा समुहको परिसुचक ४८ अंकले बढेको छ ।

पछिल्लो समय लगातार उकालो लागेको बैंकिङ समुहको परिसुचक आजपनि १३ दशमलव ७१ अंकले बढ्न पुगेको छ । आईतबार लामो समययता कारोबार रकम बढेर ९१ करोड ५२ लाख रुपैयाँ पुगेको छ ।

दिनभर १ सय ६६ कम्पनीको ३० लाख ७० हजार कित्ता सेयर खरिदबिक्री भएको छ । जसमा सबैभन्दा बढी एनएमबी बैंकको ७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL