Logo

सि आस्बा फारम भर्न शुल्क नलाग्ने, घरमै बसेर यसरी दिन सकिन्छ आवेदन

सि आस्बा फारम भर्न शुल्क नलाग्ने, घरमै बसेर यसरी दिन सकिन्छ आवेदन


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । सि आस्बा फारम भर्न कुनै थप शुल्क नलाग्ने सिडिएस एन्ड क्लियरिङ लिमिटेडले बताएको छ । कम्पनीले केहि लगानीकर्ताहरुमा सि आस्बा मार्फत आवेदन गर्नका लागि ‘मेरो सेयर’ आवश्यक रहेको वा सो सेवा लिनका लागि थप शुल्क लाग्ने भन्ने गलत बुझाई रहेको भन्दै शुल्क नलाग्ने जानकारी दिएको हो ।

बिहीबार कम्पनीका प्रमुख कार्यकारी अधिकृत देव प्रकाश गुप्ताले पत्रकार सम्मेलनमा लगानीकर्ताहरुलाई कुनै पनि भ्रममा नपरी आफ्नो खाता रहेको बैंकमा उपस्थित हुन तथा सि–आस्बामा आबद्ध भै सीआरएन लिन अनुरोध गरेका छन ।

सि–आस्बा प्रणालीे भनेको आस्बा सम्बन्धी सेवा प्रदान गर्ने सम्पूर्ण  बैंक तथा वित्तीय संस्थालाई एउटै केन्द्रीकृत प्रणालीमा आबद्ध भई लगानीकर्ताको हितग्राहि खाता तथा बैक खाताको विवरण रुजु गर्ने र रुजु भएका लगानीकर्ताको आवेदन मात्र प्रबिष्टी गर्ने प्रणाली हो ।

बैंक तथा वित्तीय संस्थाले लगानीकर्ताको हितग्राहि खाता रुजु गरेपछि प्रत्येक लगानीकर्ताको लागि सि–आस्बा रजिष्ट्रेशन नम्बर प्रदान गर्नेछन् । रजिष्ट्रेशन नम्बर प्रदान गरेपछि आफ्नो खाता रहेको बैंकवाट रजिष्ट्रेशन नम्बर प्राप्त गरेका लगानीकर्ताले मात्र खरिद आवेदन दिन सक्ने छन् ।

सि आस्बाको रजिष्ट्रेशन नम्बर प्राप्त गरेका लगानीकर्ताले घरमै बसेर इन्टरनेटको माध्यमबाट वा बैंकमा उपस्थित भै भौतिक फारम भरेर खरिद आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले घरमै बसेर इन्टरनेटको माध्यमबाट खरिद आवेदन दिन चाहेको खण्डमा इन्टरनेट ठेगाना मेरो शेयर डट सिडिएससि डट कम डट एनपि मा लग इन गरेर ‘मेरो शेयर’ मार्फत् आवेदन दिन सक्ने कम्पनीले जानकारी दिएको छ ।

त्यस्तै ‘मेरो शेयरको’ सेवा आफ्नो डिम्याट् खाता रहेको निक्षेप सदस्य मार्फत् धितोपत्र केन्द्रिय निक्षेप सेवा विनियमावली, २०६८ (दोस्रो संसोधन, २०७३) अनुसारको शुल्क ५० रुपैयाँ तिरेर लिन सकिन्छ ।

‘मेरो शेयर’ को सेवा सि–आस्बा मार्फत् आवेदन दिनका लागि मात्र नभई लगानीकर्ताले आफ्नो हितग्राही खातामा रहेको शेयरको मौज्दात हेर्ने, आफ्नो शेयरको पोर्टफोलियो हेर्ने, शेयर धितो बन्धकीमा रहेको विवरण हेर्ने तथा आफ्नो खातामा भएको कारोबारको विवरण हेर्ने सुबिधा प्रदान गर्न तयार गरिएको कम्पनीले बताएको छ ।

त्यस्तै ‘मेरो शेयर’ प्रयोग नगरेका लगानीकर्ताले सि–आस्बा सेवा प्रयोग गर्नबाट बन्चित हुनुपर्दैन ।

यस्ता लगानीकर्ताले आफ्नो खाता रहेको बैंकको कुनैपनि शाखामा उपलब्ध फारम भरेर खरिद आबेदन दिन सक्नेछन् । यसरी खरिद आवेदन दिंदा कुनै पनि नयाँ शुल्क नलाग्ने कम्पनीले जानकारी दिएको छ ।

सि–आस्बाको कार्यान्वयनसंगै लगानीकर्ताले आफूले रजिष्ट्रेशन नम्बर प्राप्त गरेका बैंक तथा वित्तीय संस्थाका कुनैपनि शाखामा उपस्थित भई भौतिक फारम भरेर वा इन्टरनेटको माध्यमबाट ‘मेरो शेयरको’ प्रयोगबाट खरिद आबेदन दिन सक्नेछन् ।

रजिष्ट्रेशन नम्बरको प्रयोग गरेर प्रबिष्टी भएका आवेदकहरुको बिवरण रुजु भैसकेको हुने र निष्काशन तथा बिक्री प्र्रबन्धकलाई सम्पूर्ण आवेदकको विवरण पुनः रुजु गर्नु नपर्ने हुँदा  निष्काशन बन्द भएको निकै छोटो समयमा बाँडफाँट गर्न सकिनेछ ।

यसका साथै कम्पनीले लगानीकर्ताहरुलाई भ्रममा नपरी आफ्नो खाता रहेको बैंकबाट आस्बामा आबद्ध भई रजिष्ट्रेशन नम्बर लिनुहुन अनुरोध गरेको छ ।

साथै सि–आस्बामा आबद्ध भैसकेका बैंक तथा वित्तीय संस्थाहरुलाई तत्काल आफ्ना सम्पूर्ण शाखा मार्फत् सि–आस्बा सम्बन्धी सेवा प्रदान गर्न भनेको हो । कम्पनीले आबद्ध हुने क्रममा रहेका बैंक तथा वित्तीय संस्थाहरुलाई तत्काल आबद्ध भै सेवा सञ्चालन गर्न कम्पनीले सुचना मार्फत जानकारी दिएको छ ।

कार्यक्रममा अध्यक्ष गुप्ताले लगानीकर्ताले कुनै २ ओटा बैंकबाट सेवा लिनेको लागि पैसा जफत गर्ने व्यवस्था ल्याउने दावि गरे । कार्यक्रममा यसैगरी सि आस्बाको कार्यन्वयन मिति माघ ९ बाट १ महिना सारेर फागुन ११ गते तोकिएको जानकारी दिइएको थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL