Logo

अधिकांश समुह ओरालो लाग्दा ४ दशमलब ८९ अंकले घट्यो नेप्से, साढे ७४ करोडको कारोबार

अधिकांश समुह ओरालो लाग्दा ४ दशमलब ८९ अंकले घट्यो नेप्से, साढे ७४ करोडको कारोबार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बिहीबार नेप्से परिसुचक ४ दशमलब ८९ अंकले ओरालो लागेको छ । सो दिन सेयर बजार १५ सय ८२ दशमलब ६७ अंकमा झरेर बन्द भएको हो ।

बिहीबार कारोबारमा आएकामध्ये अन्य समुह बाहेक समुह ओरालो लागेको छ । सो दिन बीमा समुहको परिसुचक सबैभन्दा बढी ५३ दशमलब ६७ अंकले घटेको छ । त्यस्तै उत्पादन समुह ३४ दशमलव ४१, होटल ३४ दशमलब ३२, फाइनान्स ७,जलविद्युत ६ दशमलब ४२ अंकले घटेको छ ।

त्यस्तै विकास बैंक ५ दशमलब ९७ र सेयर बजारमा बढी प्रभाव रहेको बैंकिङ समुहको परिसुचक ४ दशमलब ७३ अंकले ओरालो लागेको छ । यता अन्य समुहको परिसुचक भने ११ दशमलब ८६ अंकले बढेको छ ।

सो दिन फरवार्ड कम्प्युनिटी माइक्रोफाइनान्स वित्तिय संस्था लिमिटेडको सबैभन्दा बढी १२ करोड ८८ लाख बराबरको सेयर कारोबार भएको छ ।
बिहीबर १ सय ५० ओटा कम्पनी कारोबारमा आएका थिए । ती कम्पनीको २० लाख ४० हजार कित्ता सेयरबाट ७४ करोड ६४ लाख रुपैयाँको कारोबार भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL