Logo

सबै समुह उकालो लाग्दा ३१ अंकले बढ्यो नेप्से, ७६ करोड ३० लाखको कारोबार

सबै समुह उकालो लाग्दा ३१ अंकले बढ्यो नेप्से, ७६ करोड ३० लाखको कारोबार


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । बिहीबार नेप्से परिसुचक ३१ अंकले उकालो लागेको छ । सो दिन सेयर बजार १५ सय ८२ दशमलब ११ अंकमा पुगेर बन्द भएको हो । सो दिन कारोबारमा आएका अधिकांश समुहको परिसुचक उकालो लाग्दा समग्र सेयर बजारमा सकारात्मक प्रभाब परेको देखिन्छ ।

बिहीबर बीमा समुहको परिसुचक सबैभन्दा बढी ३१९ दशमलव ९ अंकले बढेको छ । त्यस्तै होटल समुह ५८ दशमलब ८७, बिकास बैंक २९ दशमलव ४५ र बैंकिङ समुहको परिसुचक २४ दशमलव ५३ अंकले उकालो लागेको हो ।

त्यसैगरी जलविद्युत २० दशमलव ७४,उत्पादन ११ दशमलव २४, फाइनान्स ४ दशमलव ९२ र अन्य समुहको परिसुचक ४ दशमलव ३४ अंकले बढेको छ ।

बिहीबार १ सय ४८ ओटा कम्पनी कारोबारका आएका थिए । ती कम्पनीको ३५ लाख कित्ता सेयरबाट ७६ करोड ३० लाख रुपैयाँको कारोबार भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL