Logo

चुनावपछि पहिलो पटक नेप्सेमा सबै समुह हरियो, करोबार रकममा पनि बृद्धि

चुनावपछि पहिलो पटक नेप्सेमा सबै समुह हरियो, करोबार रकममा पनि बृद्धि


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । स्थानीय निकायको चुनावपछि पहिलो पटक नेप्सेमा सबै समुहका परिसुचक उकालो लागेका छन् । चुनावपछि लामो समय ओरालो लागेको नेप्से परिसुचकमा आज सबै समुह बढेको हो ।

मंगलबार बजार खुलेको केही समय सामान्य ओरालो लागेको नेप्से परिसुचक त्यता उच्च रुपमा बढेको थियो । बजार बन्द हुँदा नेप्से परिसुचक १० दशमलव ११ अंकले बढ्दै १ हजार ६ सय २६ अंकमा पुगेर बन्द भएको छ ।

बजारमा सबैभन्दा बढी उत्पानमुलक समुहका परिसुचक ५५ अंकले बढ्न पुग्यो । त्यसैगरी बजारमा बढी प्रभाव रहेको बैंकिङ समुहको परिसुचक ११ अंकले बढ्दा नेप्से परिसुचकमा दोहोरो अंकको बृद्धि भएको हो ।

मंगलबार विकास बैंक र फाइनान्स समुह ११ अंकले बढ्दा बीमा समुहको परिसुचक २१ अंकले उकालो लागेको छ । दिनभर कुल १ सय ४७ कम्पनीको सेयर कारोवार भएको छ । बजारमा कारोवार रकम पनि बढेको छ । दिनभर कुल ७८ करोड ६६ लाख रुपैयाँ बराबरको १० लाख १७ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।

बजारमा सबैभन्दा बढी मेरो माइक्रोफाइनान्सको सेयर किनबेच भएको छ । मेरो माइक्रोफाइनान्सको ६ करोड ७० लाख रुपैयाँ बराबरको कारोवार हुँदा दोस्रोमा स्टाण्डर्ड चाटर्ड बैंकको ५ करोड ९१ लाख रुपैयाँको किनबेच भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL