Logo

नेप्से ३अंकले घट्दा १अर्व माथिको कारोवार, कसले किन्यो हिमालयन इन्स्योरेन्सको ९ करोड ९४ लाखको सेयर

नेप्से ३अंकले घट्दा १अर्व माथिको कारोवार, कसले किन्यो हिमालयन इन्स्योरेन्सको ९ करोड ९४ लाखको सेयर


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । मंगलवार नेप्से परिसुचक ३ दशमलव ४० अंकले ओरालो लागेको छ । सो दिन सेयर बजार १६ सय ७२ दशमलव ३८ अंकमा झरेर बन्द भएको हो । मंगलवार बैंकिङ, जलविद्युत र अन्य समुहको परिसुचक ओरालो लागेको छ ।

laxmi

ती समुह क्रमशः ८ दशमलव ४२,८ दशमलव ५२ र १ दशमलव ७४ अंकले ओरालो लागेको छ । यता वीमा, होटल,फाइनान्स,ट्रेडिङलगायत समुह उकालो लागेको छ । मंगलवार वीमा समुह ५१ दशमलव ७३,होटल २१ दशमलव ७१, फाइनान्स समुह ३ अंकले बढेको छ । त्यस्तै ट्रेडिङ,विकास बैंक र उत्पादन समुह क्रमशः२ दशमलव १,० दशमलव ४६ र ० दशमलव ३७ अंकले उकालो लागेको छ ।

मंगलवार हिमालयन जनरल इन्स्योरेन्सको ९ करोड ९४ लाखको सेयर कारोवार भएको छ । सो दिन १ सय ४७ कम्पनी कारोवारमा आएका थिए । ती कम्पनीको १४ लाखकित्ता सेयरबाट १ अर्व १३ करोडको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL