Logo

४ अंकले ओरालो लाग्यो नेप्से, ८१ करोडको कारोवार

४ अंकले ओरालो लाग्यो नेप्से, ८१ करोडको कारोवार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सोमवार नेप्से परिसुचक ४ दशमलव २४ अंकले ओरालो लागेको छ । सो दिन सेयर बजार १ हजार ३ सय ६५ दशमलव ११ अंकमा झरेर बन्द भएको हो ।

laxmi

सोमवार कारोवारमा आएका अधिकांश समुह ओरालो लाग्दा समग्र सेयर बजारमा नकारात्मक प्रभाव परेको देखिन्छ । सो दिन विकास बैंक समुह सवैभन्दा बढी १० दशमलव ७९, अन्य समुह ६ र फाइनान्स समुह ५ दशमलव ५७ अंकले घटेको छ ।

त्यस्तै बैंकिङ समुह ४ दशमलव ३८ र जलविद्युत ३ दशमलव ९८ अंकले ओरालो लागेको देखिन्छ । यता बीमा र होटल समुहको परिसुचक भने ३६ दशमलव १द्द र ० दशमलव २ अंकले उकालो लागेको छ ।

सोमवार कारोवारमा आएका मध्ये नेपाल लाइफ इनस्योरेन्सको परिसुचक सवैभन्दा बढी ४ करोड २० लाखको कारोवार भएको छ । सो दिन १ सय ३६ कम्पनी कारोवारमा आएका थिए । ती कम्पनीको १५ लाख कित्ता सेयरबाट ८१ करोडको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL