Logo

सिटी एक्सप्रेसको स्क्र्याच एन्ड वीनको विजेता घोषित, नरेश थकुल्लाले पाए ३२ ईन्चको टिभी

सिटी एक्सप्रेसको स्क्र्याच एन्ड वीनको विजेता घोषित, नरेश थकुल्लाले पाए ३२ ईन्चको टिभी



काठमाडौं । सिटी एक्सप्रेसको स्क्र्याच एन्ड वीन प्रमोशनको विजेता घोषित भएका छन । सिटी एक्सप्रेस र मलेशियाको लुलु एक्सचेन्जको संयुक्त पहलमा गत सेप्टेम्बरदेखि सुरु भएको उक्त योजनाको आईतबार विजेता घोषित भएका हुन ।

laxmi

उक्त योजना अन्तरगत नरेश थकुल्लाले ३२ ईन्चको टिभी उपहार जितेका छन । उनले एनएस क्यासपोइन्टको पोर्क क्ल्याङ शाखामार्फत सिटी एक्स्प्रेसमा रकम पठाएका थिए । उक्त योजनामा उपहार जित्नका लागि एनएस क्यास पोईन्टको शाखामार्फत सिटी एक्स्प्रेसमा पैसा पठााउनुपर्ने थियो ।

उक्त प्रमोसन एन्एस् क्यासपोइन्ट मार्फत सिटी एक्सप्रेसमा रकम पठाउने व्याक्तिहरुलाई मात्र लागु हुने गरी गरिएको थियो । जसमा पैसा पठाए बापत कुपन प्रदान गरिन्छ । सो कुपन मार्फत ग्राहकहरुले ब्याग ,वालेट किरिङ्ग ,कार्ड होल्डर ,मोवाइल ,साईकल र टिभी उपहारहरु जित्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL