Logo

सिटी एक्सप्रेसको लक्की ड्र, कुवेतमा १ जनालाई टिभी उपहार

सिटी एक्सप्रेसको लक्की ड्र, कुवेतमा १ जनालाई टिभी उपहार



काठमाडौं । सिटी एक्स्प्रेसले कुवेतमा एक जना नेपालीलाई सामसङ टिभी उपहार दिएको छ । कम्पनीले कुवेतमा आयोजित सुदुर पश्चिमेली नेपाल समाज कुवेत को दोश्रो वार्षिकोत्सव तथा अधिवेशन साथै वृहत साँगीतिक धमाका २०१९ मा लक्की ड्रमार्फत उक्त टिभी उपहार दिएको हो ।

laxmi

सिटी एक्सप्रेस मनि ट्रान्सफर प्रमुख आयोजक भई उक्त कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रममा ८ सय भन्दा धेरै नेपालीहरुको सहभागीता रहेको थियो ।

सिटी एक्सप्रेसले कार्यक्रममा उपस्थित दर्शकहरुमा लक्की ड्र सञ्चालन गरेका थियो । जसको बिजेता जय बहादुर थापा भएका थिए । उनले उपहार स्वरुप सामसङको ३२ ईन्चको टिभी प्राप्त गरेका हुन । यस्तै कम्पनील अन्य ५ जनालाई सिटी एक्सप्रेसको तर्फबाट आकर्षक उपहार पनि प्रदान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL