Logo

अशोक लेल्याण्ड र ओम डेभलपमेन्ट बैंकबीच सम्झौता, गाडीको खरिदमा ७० प्रतिशतसम्म कर्जा उपलब्ध

अशोक लेल्याण्ड र ओम डेभलपमेन्ट बैंकबीच सम्झौता, गाडीको खरिदमा ७० प्रतिशतसम्म कर्जा उपलब्ध



काठमाडौं । आईएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स द्वारा प्रवद्र्धित अशोक लेलैण्ड र ओम डेभलपमेन्ट बैंक बीच सम्झौता भएको छ । बिहीबार एक कार्यक्रमका बीच कम्पनी र बैंकबीच उक्त सम्झौता भएको हो ।

laxmi

सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत विश्व मोहन अधिकारी र आईएमई मोटर्सका भाइस प्रेसिडेन्ट इमरान ए खानले हस्ताक्षर गरेका छन ।

सम्झौता अनुसार आईएमई मोटर्सबाट सिफारिस पाएका ग्राहकहरुले सहज रुपमा ७० प्रतिशत सम्मको कर्जा सुविधा ओम डेभलपमेन्ट बैंक बाट पाउने छन । यसै अनुरुप ग्राहकहरुले अशोक लेलैण्डको विभिन्न प्रकारका सवारी साधनहरुमा कर्जा सुविधा प्राप्त गर्ने भएका छन् ।

यो सुविधाले आगामी दिनमा ग्राहकहरुलाई कर्जा सुविधा प्राप्त गर्न निकै सजिलो हुने दुबै कम्पनीका प्रमुखहरुले जानकारी दिए । कर्जा सुविधा मात्र नभई दुवै कम्पनीबिच संयुक्त रुपमा सहकार्य गर्दै अगाडी बढ्ने कुरामा पनि सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL