Logo

आइइडिआइको व्यावसायिक योजना परिमार्जन गोष्ठी सम्पन्न, स्टार्टअपलाई सहुलियत कर्जा

आइइडिआइको व्यावसायिक योजना परिमार्जन गोष्ठी सम्पन्न, स्टार्टअपलाई सहुलियत कर्जा



काठमाडौं । औद्योगिक व्यवसाय विकास प्रतिष्ठान (आइइडिआइ) को आयोजनामा ‘व्यावसायिक योजना परिमार्जन तथा ऋणमा पहुँच कार्यशाला गोष्ठी’ सम्पन्न भएको छ । काठमाडौंमा यही जेठ ६ देखि १० गतेसम्म उक्त गोष्ठी भएको हो ।

laxmi

गोष्ठीमा प्रतिष्ठानले आर्थिक बर्ष २०७३/७४ देखि वार्षिक रूपमा आयोजना गर्दै आएको ‘स्टार्टअप बुट क्याम्प’ का तीन ब्याचका विभिन्न उद्योग व्यवसाय सञ्चालन गरिरहेका तथा व्यवसाय अभिवृद्धि गर्न चाहने १२ जना सहभागी र राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, ग्लोबल आईएमई बैंक, मेगा बैंक र लक्ष्मी बैंकका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा स्टार्टअपका सहभागीले आफ्नो व्यवसायको परिमार्जित व्यावसायिक योजनाको प्रस्तुतीकरण गरेका थिए । यसैगरी सहभागी पाँच बैंकका प्रतिनिधिले नेपाल सरकारका बैंकिङ नीति र सहुलियत कर्जा प्रवाहका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । उक्त कार्यक्रममा सहभागीहरू र बैंकका प्रतिनिधिहरूबीच अन्तक्रिया भएको थियो । सहभागीहरूलाई वित्तमा सहज पहँुच पुर्याउने उद्देश्यले अनुरुप कार्यशाला गोष्ठीको आयोजना गरिएको थियो ।

कार्यक्रममा औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका कार्यकारी निर्देशक आनन्दबहादुर श्रेष्ठले सहभागी उद्यमीहरूलाई हौसला प्रदान गर्नुभई आगामी दिनमा पनि प्रतिष्ठानले उद्यमीहरूलाई निरन्तर आवश्यकीय सहयोग प्रदान गर्ने बताए । प्रतिष्ठानले आगामी दिनमा पनि सरकार र निजी क्षेत्रबीच समन्वय गर्दै ‘समृद्ध नेपाल : सुखी नेपाली’ को नारा सफल बनाउन भूमिका खेल्ने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL