Logo

सबै समुहका परिसुचक ओरालो लाग्दा दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकममा देखिएन सुधार

सबै समुहका परिसुचक ओरालो लाग्दा दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकममा देखिएन सुधार



काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा सबै समुहका परिसुचक ओरालो लाग्दा नेप्से परिसुचक दोहोरो अंकले घटेको छ । अघिल्लो हप्ताको बुधबारदेखि ओरालो लागेको नेप्से परिसुचक आईतबार ११ दशमलव ९३ अंकले ओरालो लागेको हो ।

laxmi

दोहोरो अंकले घटेको परिसुचक १३०२ दशमलव ६१ विन्दुमा आएर रोकिएको छ । साताको पहिलो दिन परिसुचकका साथै कारोबार रकममा पनि उल्लेख्य गिरावट आएको छ । आईतबार सबै समुहका परिसुचक ओरालो लाग्दा कारोबार रकम पनि ६२ करोडमा खुम्चिएको छ ।

दिनभर १ सय ६२ कम्पनीका २० लाख ५४ हजार २ सय ८६ कित्ता सेयर किनबेच भएको छ । आईतबार जीवन बीमा समुहको परिसुचक ३८ अंकले ओरालो लाग्दा निर्जिवन बीमा समुहको परिसुचकमा भने ३५ अंकको गिरावट आएको छ ।

यस्तै होटल समुहको परिसुचक ३२ दशमलव ३६ अंकले ओरालो लाग्दा जलविद्युतको परिसुचकमा भने ३० अंकको गिरावट आएको छ । बजारमा सबैभन्दा बढी प्रभुत्व भएको बैंकिङ समुहको परिसुचकमा पनि ९ दशमलव ६ अंकको गिरावट आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL