Logo

काठमाडौंको किङ्स लाउञ्ज अब पोखरामा, होटलको सेवामा २० प्रतिशत छुट

काठमाडौंको किङ्स लाउञ्ज अब पोखरामा, होटलको सेवामा २० प्रतिशत छुट



काठमाडौं । किङ्स लाउञ्जले पहिलो पटक पोखरामा शाखा विस्तार गरेको छ । स्थापनाको पहिलो वर्ष पुरा गरेको अवसरमा पोखराको लेकसाईडमा आधुनिक शैलीको लाउञ्ज सञ्चालनमा ल्याएको हो ।

laxmi

बिहीबार साँझ पोखरामा एक कार्यक्रमको आयोजना गरी लाउञ्जको औपचारिक सुरुवात गरिएको लाउञ्जका अध्यक्ष रामचन्द्र श्रेष्ठले जानकारी दिएका छन । काठमाण्डौंमा छोटो समयमा पाएको व्यवसायिक सफलताका साथै पर्यटकीय नगरी पोखराबासीको चहनालाई मध्यनजर गर्दै पोखरामा सेवा सुरु गरिएको अध्यक्ष श्रेष्ठले बताए ।

काठमाण्डौंको दरबारमार्गबाट उपलब्ध गराउँदै आएका सेवालाई पोखरामा विस्तार गर्दै अब पोखरामा समेत सो सेवा पाउने भएका हुन ।

पोखरामा सेवा सुरु गरेको अवसरमा ३ दिन सम्म ग्राहकलाई २० प्रतिशत छुट उपलब्ध गराउने भएको छ । बर्थडे, एनिभर्सरी, फेयरवेल लगायतका गेट टुगेदर गर्न आउनेहरुलाई लाउञ्जले निशुल्क केक उपलब्ध गराउने छ । यसका साथै हरेक बुधबार सञ्चालन हुने लेडिज नाइटमा सहभागि महिलाहरुलाई ककटेल निशुल्क उपलब्ध गराउने लाउञ्जले जानकारी दिएको छ ।

उक्त लाउञ्जमा चाईनिज, थाई, इन्डियन, नेपाली तथा कन्टिनेन्टल खानाको हरेक दिन फरक फरक स्वाद लिन पाउने छन । हाईजेनिक खानाका परिकार मात्रै नभई हरेक दिन सञ्चालन हुने लाइभ कन्सर्टले सेवाग्राहीको ध्यान तान्ने लाउञ्जका सञ्चालक कुमार गुरुङले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL