Logo

सबैजसो समुहको परिसुचक ओरालो लाग्दा ५ अंकले घट्यो बजार, शिवम र तामाकोशी दुबैमा गिरावट

सबैजसो समुहको परिसुचक ओरालो लाग्दा ५ अंकले घट्यो बजार, शिवम र तामाकोशी दुबैमा गिरावट



काठमाडौं । साताको अन्तिम दिन नेप्से परिसुचकमा गिरावट आएको छ । बजार खुलेको केही समयपछि सामान्य उकालो लागेको बजार अन्तमा ५ अंकले घट्दै १ हजार ३ सय १४ अंकमा झरेर रोकिएको छ ।

laxmi

बजारमा प्रायःजसो समुहका परिसुचकमा गिरावट आएको छ । बिहीबार जलविद्युत र बीमा समुहको परिसुचकमा सबैभन्दा बढी गिरावट आएको छ । जसमा जलविद्युत समुहको परिसुाक ६५ अंकले घट्दा जीवन बीमा समुहको परिसुचकमा ४४ अंकको गिरावट आएको छ ।

यसैगरी बजारमा विकास बैंक समुहको परिसुचक ९ अंकले घट्दा फाइनान्स समुहको परिसुचकमा ७ अंकको गिरावट आएको छ । बजारमा सबैभन्दा बढी प्रभुत्व रहेको बैंकिङ समुहको परिसुचकमा भने सामान्य गिरावट आएको छ ।

यो हप्ता लागेसँगै ओरालो लाग्न सुरु गरेको शिवम् सिमेन्टको सेयरमा आज पनि गिरावट आएको छ भने बुधबारसम्म १० प्रतिशतले बढेर सर्किट हानेको माथिल्लो तामाकोशीको सेयरमा बिहीबार भने ६ प्रतिशतको गिरावट आएको छ ।

घट्दो बजारमा होटल समुहका लगानीकर्ताले भने कमाएका छन् । बिहीबार होटल समुहको परिसुचक ३६ अंकले बढ्दा निर्जींवन बीमा, अतिरिक्त, म्युचुअल फण्ड लगायतका समुहको परिसुचकमा भने सामान्य वृद्धि भएको छ ।

निदभर कुल ९३ करोड २६ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ । जसमा सबैभन्दा बढी माथिल्लो तामाकोशीको १५ करोड ५९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL