Logo

चिनियाँलाई नेपाली सेयरबजारमा लगानी गर्न राष्ट्रपतिको आग्रह, चिनियाँ स्टकका प्रतिनिधिसँग भेट

चिनियाँलाई नेपाली सेयरबजारमा लगानी गर्न राष्ट्रपतिको आग्रह, चिनियाँ स्टकका प्रतिनिधिसँग भेट



काठमाडौं । राष्टपति विद्यादेवी भण्डारीले चिनियाँ लगानीकर्तालाई नेपालको सेयरबजारमा लगानी गर्न आग्रह गरेका छन । चिनियाँ व्यापारिक शेयर बजार (चाइना कमरसियल स्टक इन्टरप्राइजेज) को संयुक्त आर्थिक समितिका अध्यक्ष वाङ फुकिङसँगको भेटवार्तामा उनले उक्त आग्रह गरेकी हुन ।
उक्त अवसरमा राष्ट्रपति भण्डारीले नेपाल–चीन आर्थिक तथा व्यापार मञ्चको आयोजना गरिएकोमा धन्यवाद दिँदै दुई मुलुक असल छिमेकी भएको र नेपालको विकासमा चीनले महत्वपूर्ण योगदान पु¥याएको बताएकी छन । उनले नेपालको परिस्थिति अनुकूल भएको, आर्थिक विकास गर्नैपर्ने आवश्यकता बढेको र लगानीका लागि उचित वातावरण भएकाले लगानी गर्न आग्रह गरेकी छन ।

laxmi

चिनियाँ पक्षबाट मञ्चमा व्यापार, दुई मुलुकबीच सहयोग र लगानीका विषयमा छलफल हुने जानकारी दिइयो । भेटका अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, ३ नं प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, चीनका लागि नेपालका राजदूत लीलामणि पौडेल, नेपालका लागि चीनका राजदूत होउ याङची, नेपाल सरकारका उच्चअधिकारी तथा निजी क्षेत्रका प्रतिनिधि पनि सहभागी रहेका थिए । रासस

प्रतिक्रिया दिनुहोस्
MBL