Logo

महालक्ष्मी वायर्सले ल्यायो जल पाइप्स एण्ड फिटिङस, नेपाली बजारमा सार्वजनिक

महालक्ष्मी वायर्सले ल्यायो जल पाइप्स एण्ड फिटिङस, नेपाली बजारमा सार्वजनिक



काठमाडौं । महालक्ष्मी वायर्स एन्ड केबल्सले आफ्नो नयाँ उत्पादन जल पाइप्स एन्ड फिटिङ्स नेपाली बजारमा ल्याएको छ । बिहीबार एक कार्यक्रमको आयोजना गर्दै कम्पनीले आफ्नो नयाँ उत्पादन सार्वजनिक गरेको हो ।

laxmi

जल पाइप्स एण्ड फिटिङस अरिहान्त ग्रुपको विजनेश युनिट हो । कार्यक्रममा अरिहान्त ग्रुपका कार्यकारी निर्देशक गिरिस जैन र जल पाइप्स एण्ड फिटिङसकी ब्राण्ड एम्बास्डर मनिषा कोइरालाले उक्त नयाँ उत्पादनको सार्वजनिकिकरण गरेका छन ।

जल पाइप्स एण्ड फिटिङस अस्ट्रिया, जर्मनी र जापानको प्रविधि प्रयोग गरेर उत्पादन गरिने कम्पनीले जानकारी दिएको छ । उत्पादन उदेश्यका लागि कम्पनीले सेकिसुइ जापानिजसँग पनि सहकार्य गरेको छ ।

ग्राहकको आवश्यकता र अपेक्षालाई पुरा गर्ने हिसाबले उत्पादन गर्ने र सेवा दिने अरिहान्त समूहको निती भएको अरिहान्त ग्रुपका कार्यकारी निर्देशक जैनले जानकारी दिए । उनका अनुसार अरिहान्त समूहका देशभर विभिन्न २२ वटा ब्यापारिक क्षेत्र ‘बिजनेस युनिट’ मा संलग्न छ ।

प्रतिक्रिया दिनुहोस्
MBL