Logo

साओमीले ल्यायो ४८ एमपी क्यामेरासहितको सस्तो फोन, यस्तो छ बजारमूल्य

साओमीले ल्यायो ४८ एमपी क्यामेरासहितको सस्तो फोन, यस्तो छ बजारमूल्य



काठमाडौं । साओमीले सस्तो मूल्यमा ४८ मेगापिक्सेलको क्यामेरासहितको साओमी नोट ७ नेपाली बजारमा सार्वजनिक गरको छ । कम्पनीले शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै रेडमी साओमी नोट ७ र रेडमी फोन गरेर २ नयाँ फोन सार्वजनिक गरेको हो ।

laxmi

कम्पनीले सार्वजनिक गरेको रेडमी साओमी नोट ७ मा ४८ मेगापिक्सेलको रियर क्यामेरा जडान गरिएको छ । जसले विभिन्न क्षमताका तस्विरहरु खिच्नका लागि सहयोग गर्नेछ । कम्पनीले सार्वजनिक गरेका फोनहरु उत्कृष्ट विशेषताका साथै सस्तो मूल्यमा उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले साआमी नोट ७ फोनको नेपाली बजारमा मूल्य भने २२ हजार रुपैयाँदेखि २७ हजार रुपैयाँ तोकेको छ । कम्पनीले उक्त फोनहरुमा फोनको स्पेस क्षमतअनुसार मूल्य निर्धारण गरेको छ । यस्तै कम्पनीले सार्वजनिक गरेको अर्काे फोन रेडमी ७ मा भने कम मूल्यमा धेरै विशेषता भएको फोनको नाम दिएको छ । कम्पनीका अनुसार टिकाउ ब्याट्रिका साथै उत्कृष्ट कार्यक्षमता भएको जानकारी दिएको छ । कम्पनीले उक्त फोनको नेपाली बजारमा मूल्य भने १५ हजार तथा १७ हजार रुपैयाँ तोकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL