Logo

स्पर्श लघुवित्तको आईपिओ बाँडफाँड, २ लाख ७३ हजार आवेदकले पाएनन सेयर

स्पर्श लघुवित्तको आईपिओ बाँडफाँड, २ लाख ७३ हजार आवेदकले पाएनन सेयर



काठमाडौं । स्पर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयर (आईपिओ) बाँडफाँड भएको छ । स्पर्शको बिक्री प्रबन्धक सानिमा क्यापिटलले आज आईपिओ बाँडफाँड गरेको हो ।

laxmi

स्पर्शको आईपिओमा कूल २ लाख ९८ हजार ३५३ जनाले आवेदन दिएको थिए । जसमध्ये २५ हजार २ सय जनाले मात्र गोलाप्रथाबाट सेयर पाएका छन् । उनीहरुले १० कित्ताको दरले सेयर पाएका हुन ।

आवेदन दिएकामध्ये २ लाख ७३ हजार जना खाली हात भएका छन् । आवेदन दिएकामध्ये ५ सय ८५ वटा आवेदन रद्द भएको छ ।

कम्पनीले फागुन २६ देखि २९ गतेसम्म कूल २ लाख ६९ हजार ६३० कित्ता सेयर निष्काशन गरेको थियो । आईपिओ बिक्री पश्चात लघुवित्तको चुक्ता पूँजी ८ करोड २९ लाख ६३ हजार रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL